के तपाईको जन्मदिन मे महिनामा पर्छ? जान्नुहोस् तपाई कस्तो हुनुहुन्छ?

ज्योतिष शास्त्रअनुसार तपाइको जन्मदिन कुनैपनि  वर्षको मे महिनामा  भएको छ भने तपाई आकर्षक र लोकप्रिय हुनुहुनेछ । तर  थोरै अल्छी र रिसालु हुनेछन् । एक-पटक केही गर्ने अठोट गर्नु भयो भने त्यसलाई पुरा गरेरै छोड्ने स्वभाव हुनेछ । मेमा जन्मने व्यक्ति प्राय: घमण्डी हुने तर यिनीहरुमा त्याग गर्ने प्रवृत्ति पनि प्रबल हुने गर्दछ ।

दोस्रो शब्दमा भन्नु पर्दा  यदि यिनीहरुलाई घर सफा चाहियो भने घरको अन्य सदस्यबाट अपेक्षा गर्ने गर्दछन् कि उनीहरुले यो काम गरुन । यिनीहरुको बिशेषता भनेको भीडमा पनि पहिचान गर्न निकै सजिलो हुने गर्दछ, किनकी यिनीहरुको आकर्षक व्यक्तित्वले सबैको ध्यान तान्ने गर्दछ । घरमा चाहे यिनीहरु जति नै अस्त-व्यस्त भएता पनि बाहिर यिनीहरुको छवि सुव्यवस्थित मानिन्छ । यसको एक कारण यो हो कि यिनीहरुको ड्रेसिंग सेन्स निकै गज्जबको हुने गर्दछ । सधै सुन्दरताले भरिपूर्ण देखिन चाहने हुन्छन् । अपोजिट सेक्सको लागी सधै रहस्यको विषय हुने गर्दछ ।

मेमा जन्मेका युवक-युवतिहरु रोमान्सको मामिलामा निकै सिद्धान्तवादी हुने गर्दछन् । प्रेमको उच्चतम आदर्श स्थापित गर्ने चाहना हुने गर्दछ ।  मेमा जन्मेका केहि युवाहरु परम्परावादी हुने गर्दछन् । मेमा जन्मेका महिलाहरु बोलीको पक्का हुने गर्दछन् । मित्रता निभाउनमा यिनीहरुको कसैले बयान गर्न सक्दैन । सेक्स यिनीहरुको लागी निकै नै गम्भीरताको विषय हुने गर्दछ । विवाह अघि नै यौन सम्बन्ध बनाउनु यिनीहरुलाई मन पर्दैन ।

यस महिनामा जन्मेका युवा पत्रकार, लेखक, कम्प्यूटर इन्जीनियर, पाईलट, डाक्टर या सफल प्रशासनिक अधिकारी हुने गर्दछन् । राजनीतिमा सफलता मुस्किलले प्राप्त हुनेछ तर यदि प्राप्त भयो भने मर्ने बेलासम्म यश-आराम प्राप्त हुने गर्दछ । केहि महिलाहरु फेशन डिजाइनर पनि हुन सक्छन् । किनकी यिनीहरुको ड्रेसिंग सेन्स तारिफ योग्य हुने गर्दछ ।  छिट्टै  रिसाउने खालको हुने गर्दछन् ।

प्रकाशित : आइतबार, पुष १९, २०७७१३:५६

शनिदेवको यी चमत्कारी उपायले चम्काउने छ भाग्य!