मेष राशि
कुनै महत्वपूर्ण कार्य वा ठूलो योजना सफल हुनेछ। अन्वाश्यक कुरामा तपाईंको ध्यान भड्किन सक्छ। यसबाट जोगिन आवश्यक छ अन्यथा तपाईं आफ्नो क्षमता ठीकसँग प्रयोग गर्न सक्नुहुन्न। व्यापारीहरूले पैसा लेनदेनमा सावधान हुन आवश्यक छ। रोजगारदाताहरूले आपसी समन्वयमा ध्यान केन्द्रित गर्नुपर्छ। पारिवारिक चिन्ता रहन सक्छ।
वृष राशि
साथी-भाईको सहयोगमा विभिन्न चिन्ताबाट छुटकारा पाउन सकिन्छ। कार्यक्षेत्रका वरिष्ठ व्यक्तिको सहयोगमा अपूर्ण काम सम्पन्न हुनेछ। महिनाको मध्यमा मानसिक तनाब कम हुनेछ। व्यापार विस्तार हुनेछ। रोजगारको खोजीमा रहेकाले सफलता प्राप्त गर्नेछन्। समग्रमा विद्यार्थी र महिलाहरूको समय शुभ रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन राशि
मिथुन राशिका मानिस यो हप्ता आफ्नो कार्य योजना पूरा गर्न सक्षम हुनेछन्। कामको सम्बन्धमा लामो वा छोटो दूरी यात्रा सम्भव छ। यात्रा रमाईलो र लाभदायक हुनेछ। महिलाको मध्यमा प्रेम सम्बन्धमा वैचारिक मदभेद हुनसक्छ। व्यापार व्यवसाय क्षेत्रमा समस्या आउनसक्छ। कार्य सफलताको लागि कडा परिश्रम गर्नुपर्नेछ। कठिन परिस्थितिमा जीवनसाथीको पूरा समर्थन मिल्नेछ।
कर्कट राशि
सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा सोच विचार गरेर मात्र कदम चाल्नुहोस्, अन्यथा सामाजिक कलंक लाग्नसक्छ। कार्यक्षेत्रमा पनि सावधानी अपनाउनु आवश्यक छ। व्यापारीहरूको व्यवसाय सुधार हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ। रोजगार क्षेत्रका व्यक्तिहरूका लागि समय मध्यम छ। आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्।
सिंह राशि
परिवारका सदस्य तथा आफन्तसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। मन विचलित हुनेछ। व्यापारीहरूले लगानी गर्दा सावधान हुनुपर्छ। शेयर बजार र शर्तमा जोखिम नउठाउनुहोस्। कार्यक्षेत्रमा विभिन्न समस्या आउनसक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। यस समयमा व्यक्तिगत सम्बन्धमा संवेदनशीलता देखाउनु आवश्यक छ।
कन्या राशि
तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। मानसिक तनाब पनि कम हुने देखिन्छ। आर्थिक समस्याहरू समाधान हुनेछन्। यद्यपि, वित्त र दलालीमा काम गर्नेहरूलाई अझै केही समस्याहरू रहन सक्छ। रोजगार भएका व्यक्तिको स्थानान्तरण हुन सक्छ। परीक्षा प्रतियोगिताको लागि तयारी गर्ने विद्यार्थीहरूले केही राम्रो समाचार प्राप्त गर्न सक्छन्। विपरीत लिंग तिर आकर्षण बढ्नेछ।
तुला राशि
तुला राशिका मानिसको लागि यो हप्ता करियर र व्यापारमा प्रगतिको योग बनिरहेको छ। परिवार तथा आफन्तसँग आनन्दमय समय बित्नेछ। व्यापार व्यवसायीको लागि लाभदायक समय छ। प्रेम सम्बन्धमा प्रगाढता रहनेछ। व्यवस्थापन सम्बन्धि कार्य गर्नेलाई समय अत्यन्त शुभ रहनेछ। परिवारसँग गुणस्तरीय समय बिताउने मौका मिल्नेछ।
वृश्चिक राशि
यस हप्ताको सुरूमा गरेको कामको शुभ परिणामहरू प्राप्त हुनेछ। पारिवारिक समस्याबाट छुटकारा मिल्नेछ। मनमा उत्साह तथा सकारात्मक सोच आउनेछ। कुनै प्रमुख कार्य योजनाको आकार दिन साथी-भाईको पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। विद्यार्थीहरू, युवा र महिलाहरूको लागि पनि समय उपयुक्त छ।
धनु राशि
साथी-भाई तथा परिवारको पूरा समर्थन रहनेछ। आर्थिक अवस्था सुधार हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा विशेष सफलता प्राप्त हुने सम्भावना छ। कार्यरत व्यक्तिहरूको आफ्ना उच्च अधिकारीहरूसँग समन्वय बढ्नेछ। महिला पेशेवरहरूको लागि समय अनुकूल छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला।
मकर राशि
मकर राशिका मानिसले यो हप्ता वाणी तथा क्रोधमा संयम राख्न जरूरी देखिन्छ। अन्यथा बनेको काम पनि बिग्रन सक्छ। व्यापार व्यवसाय क्षेत्रमा समस्या आउनसक्छ। कुनै पनि ठूलो योजना वा सम्झौतामा पैसा लगानी गर्दा आफू भन्दा वरिष्ठको सल्लाह लिन नबिर्सनुहोस्। रोजगारी क्षेत्रमा उच्च अधिकारीहरूमाथि केही दबाब रहला। कठिन समयमा प्रेमी वा जीवनसाथीको पूर्ण समर्थन रहनेछ।
कुम्भ राशि
कुम्भ राशिको लागि यो हप्ता मिश्र फलदायी साबित हुनेछ। पूरै हप्ता तपाईंमा आशा-निराशाको भावना रहनेछ। यदि तपाईं जग्गा, भवन वा कुनै ठूलो योजनामा पैसा लगानी गर्ने सोचमा हुनुहुन्छ भने अग्रजको सल्लाह लिनुहोस्। यो हप्ता व्यापारीहरूको लागि अस्थिर रहनेछ। कुनै साथीको सहयोगमा प्रेम सम्बन्धमा रहेको मनमुटाव हटाउन सकिन्छ।
मीन राशि
मीन राशिका मानिसको लागि यो हप्ता सफलताको विभिन्न द्वार खुल्नेछ। यदि तपाईंले प्रयास गर्नुभयो भने, तपाईं अवश्य पनि सफल हुनुहुनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। परीक्षा प्रतियोगिताको लागि तयारी गर्ने विद्यार्थीहरूले केहि राम्रो समाचार पनि सुन्न सक्छन्। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। वैवाहिक सम्बन्धमा एक अर्काको ख्याल राख्नुहोस्।