एजेन्सी, धेरैजसो मानिसहरु आफ्नो अफिस अथवा बजारबाट फर्किएर जुत्ता-चप्पल नखोली घर भित्र प्रवेश गर्ने गर्दछन् या नफुकाली पुरै घरमा घुम्ने गर्दछन् । जुत्ता-चप्पल लगाएर घरमा प्रवेश गर्नु या घुम्नु वैज्ञानिक दृष्टिले पनि गलत रहेको छ र धार्मिक दृष्टिले भने अशुभ हुने गर्दछ । हिन्दु धर्म अनुसार घर भित्र जुत्ता लगाएर प्रवेश गर्नु गलत मानिन्छ । शास्त्रको अनुसार हरेक घरमा एक मन्दिर स्थापित हुने गर्दछ, जसमा दैवीय शक्तिको वास हुन्छ । घरमा जुत्ता लगाएर प्रवेश गर्नाले यो स्थान अपवित्र हुने मान्यता रहेको छ । भान्सा प्रत्येक घरको मुख्य स्थान हुने गर्दछ, जसमा अन्न, जल, अग्नि हुने गर्दछ । हिन्दु धर्ममा यिनीहरुलाई देवता मानिएको छ । भान्सामा जुत्ता-चप्पल लगाएर आउदा यी देवता रिसाउन सक्छन् । यसबाट अन्नकी देवी अन्नपूर्णा पनि रिसाउँन् सक्छिन र अन्नको भण्डारमा कमी आउने गर्दछ ।
घरमा धन राख्नको लागी हामी तिजोरी या ट्यांकाको प्रयोग गर्ने गर्छौं । जुन कोठामा यो राखिएको छ हामी त्यसमा पनि जुत्ता-चप्पल लगाएर जाने गर्छौ । यसो गर्नाले धनकी देवी लक्ष्मी रिसाउने गर्दछिन् र धन आगमनमा बाधा हुने गर्दछ । यदि घरमा जुत्ता-चप्पल लगाउन आवश्यक रहेको छ भने घर भित्र मात्रै प्रयोग गर्नुहोस् । वास्तु शास्त्रअनुसार जुन घरमा फोहोर हुने गर्दछ, त्यहाँ धन हानि र ऋण आदिको समस्या बनी रहन्छ । यदि बाहिर लगाएको जुत्ता-चप्पल घर भित्र प्रवेश गरे बाहिरको नकारात्मक ऊर्जा हाम्रो खुट्टा मार्फत घरमा प्रवेश गर्ने गर्दछ ।
घरमा जथाभावी फैलिएको जुत्ता-चप्पलले पनि दरिद्रता ल्याउने गर्दछ । यिनीहरुलाई व्यवस्थित तरिकाले पश्चिम दिशा तर्फ राख्दा राम्रो हुने गर्दछ । जुन जुत्ता-चप्पलको उपयोग हुदैन तिनीहरुलाई घरमा नराख्नुहोस् । पुरानो जुत्ता-चप्पल घरमा राख्नाले नकारात्मक ऊर्जा पैदा भईरहन्छ र शनिको अ-शुभताको प्रभाव रहने गर्दछ । शनिलाई खुट्टाको कारक मानिएको छ । त्यसैले खुट्टा सम्बन्धित कुनैपनि वस्तुलाई सफा र यथाक्रम राख्नु पर्दछ । कोहीबाट जुत्ता उपहार लिनुहुदैन अन्यथा उसको अभाग्यले तपाइको भाग्यलाई कमजोर गर्न सक्छ ।