नेप्सेमा नर्या रेकर्ड

काठमाडौं । नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ बिन्दूमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो अहिलेसम्म उच्चतम् बिन्दु हो । गत साताको अन्तिम दिन नेप्से २०८७ दशमलब २७ अंक पुगेर रेकर्ड तोडेको थियो । गत साताको अन्तिम दिन विहीबारदेखि बजारमा सेयरको खरिद चाप बढिरहेको छ । बिहीबार नेप्से २५ दशमलब २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ बिन्दुमा पुगेको थियो । एक दिनमै सेयर बजार ८८ दशमलव १२ अंक बढ्नुलाई अस्वाभाविक वृद्धि मानिन्छ । अर्थशास्त्रमा यस्तो वृद्धिलाई बबल (फोका) पनि भन्ने गरिन्छ । पानीको छालमा उत्पन्न हुने फोका जसरी फुट्छ, यस्तो वृद्धि पनि त्यसरी नै फुट्छ भन्ने सैद्धान्तिक मान्यता छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

यो भन्दा अघि नेप्से बढेको दिन धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह समेत गरेको थियो । परिणाम स्वरूप आइतबार नै लगानीकर्ताले ठुलो नोक्सानी बेहोर्नुपरेको थियो । घरजग्गा, सेयर र विनिमय बजारजस्ता क्षेत्रमा संसारभर नै बेलाबखत यस्तो अस्वाभाविक मूल्य वृद्धिको घटना हुने गर्छन । २०६५ मा नेपाली अर्थतन्त्रले घरजग्गा र सेयर बजारमा यस्तै बबलको सामना गरेको थियो । जसको परिणामस्वरुप धेरै लगानीकर्ताले ठूलो मूल्य चुकाउनुपरेको थियो ।

सेयर मूल्य बढ्नुमा मुलुकमा उपलब्ध लगानीका अन्य क्षेत्र पनि हो । कोभिड(१९ ले थलिएका कृषि, पर्यटन, ऊर्जा, उद्योग क्षेत्र तंग्रिएका छैनन् । ती क्षेत्रका पैसा सेयर बजारमा गएको विश्लेषकहरू बताउँछन् । पैसा भएका व्यक्तिले लगानी गर्ने अन्य क्षेत्र सुनिश्चित नभएकाले सेयर बजारमा आकर्षण बढेको लगानीकर्ता छोटेलाल रौनियारले बताएका छन ।

कोभिड–१९ का कारण अन्य क्षेत्रमा लगानीको अवस्था रहेको छैन । सट्टेबजारमा लगानी गरेर नाफा कमाउन खोज्नेको भीड बढेको छ । बैंकले दिने ब्याजदरसँग सेयर लगानीमा प्रत्यक्ष सम्बन्ध छ । मुद्दती निक्षेपमा ढुक्कसँग राम्रो ब्याज आउने अवस्था छैन । लामो समयदेखि अधिक तरलताको स्थिति रहेको र अपेक्षा अनुसार कर्जाको माग समेत नभएपछि सेयरमा आकर्षण बढेको छ ।
अधिक तरलता खेपेका बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाइरहेका छन् । कोभिड–१९ सुरू हुनुअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म व्यक्तिगत मुद्दती दिँदै आएका थिए । अहिले वाणिज्य बैंकहरूले मुद्दती निक्षेप घटाएर अधिकत् ७/८ प्रतिशत हाराहारीमा र न्यूनतम ३ प्रतिशतसम्म झारेका छन् ।

खाइपाइ आएकोभन्दा कम ब्याजदर नआउँने भएपछि लगानीकर्ताले मुद्दतीको रकम समेत झिकेर सेयर बजारमा लगानी गरिरहेको सेयर बजार विश्लेषकहरूको भनाई छ । पछिल्लो समय ब्याजदर घट्दा लगानीकर्ताले बैंकबाट सस्तोमा ऋण लिएर सेयर बजारमा लगानी गर्दै आएका छन । २०७३ सालको साउन महिनामा नेप्सेको सूचकांक नेप्से परिसूचक १८८० हाराहारीको उच्चतम बिन्दुमा पुगेको थियो । त्यसको अढाई वर्षमा नेप्से परिसूचक खस्केर ११३० सम्म पुग्यो । करिब चार वर्ष पाँच महिनापछि नेप्से परिसूचक अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको हो ।

प्रकाशित : सोमबार, पुष २०, २०७७०९:००

पक्षपाती निर्वाचन आयोग: ओली पक्षलाई अवधि तोकिएन, प्रचण्ड–माधवलाई सात दिनको भाका