हत्केलामा यस्तो निशान हुने व्यक्तिहरुको बलियो हुन्छ भाग्य !

Woman is showing her open hands. On clean balck bagground.

एजेन्सी, हत्केलामा भएका धेरै रेखाहरु समयको साथै परिवर्तन हुने गर्दछ । कुनै पुरानो निशान हराउने गर्दछ भने कुनै नयाँ बन्ने गर्दछ । यी मध्ये कुनै निशान शुभ हुने गर्दछ भने कुनै अशुभ पनि । जुन निशान शुभ हुन्छ त्यसबाट व्यक्तिलाई धेरै सफलता सजिलैसँग मिल्छ र यदि निशान अशुभ भयो भने समस्याहरु आउनेछन् ।

हत्केलामा एक वर्ग आकृति बन्ने र बिग्रिने गर्दछ । जसको परिणाम सकारात्मक र नकारात्मक दुवै हुने गर्दछ । धर्मशास्त्र अनुसार व्यक्तिको जीवनमा भाग्य रेखाको पनि ठुलो  भूमिका रहेको हुन्छ ।

यदि भाग्य रेखा छुट्यो  भने व्यक्तिको कार्यमा रोकावट आउने गर्दछ । साथै यदि भाग्य रेखाको नजिक वर्ग आकृति बन्यो भने ढिला रुपमा सफलता प्राप्त हुन्छ । यदि मंगल पर्वतको नजिक वर्ग आकृति अर्थात् स्क्वायर छ भने व्यक्तिमा साहसको कमी भएता पनि कार्य सफल हुने सम्भावना बढेर जाने गर्दछ ।

यदि शनि पर्वतको नजिक वर्ग आकृति अर्थात् स्क्वायर छ भने व्यक्तिले आशा गरेको भन्दा पनि धेरै धन प्राप्ति हुने गर्दछ । र समाजमा प्रतिष्ठा बढ्ने गर्दछ । जीवन रेखामा वर्ग आकृति बन्नाले व्यक्तिको उमेर बढ्नेछ । यदि जीवन रेखा छुट्टिएको छ र यसमा वर्ग आकृति बनेको छ भने जीवनमा समस्या कम हुने गर्दछ ।

प्रकाशित : सोमबार, पुष २०, २०७७१२:४९

बाँसको बासुरीलाई यस्तो ठाउँमा राखे मिल्छ लाभ!