ओली क्याबिनेटकै मन्त्रीले भने – भारतको अगाडि नझुकेको सरकार अहिले सम्म कुनै छैन

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले भारतको अगाडि नझुक्ने सरकार अहिले सम्म नेपालमा नबनेको दावी गरेका छन्।

नेपाल आयल निगम लिमिटेडद्वारा भैरहवामा पुनर्निर्माण गरिएको पेट्रोल पम्पको उद्घाटन गर्ने क्रममा मन्त्री यादवले भारतको अगाडि नझुकेको कुनै सरकार नै नभएको दावी गरेका हुन्।

“भारतको अगाडि नझुकेको, आरोप नखपेको अहिलेसम्म कुनै सरकारै बनेको छैन। एउटा पनि पाउनुहुन्न। के सबै हामी सबै इन्डियाको दलालै हौं त?”,उनले भने।

यस्तै उनले छोटो समयमा काम गराउने नाममा पाँच पैसा पनि कसैलाई नदिन व्यवसायीहरुलाई आग्रह पनि गरेका छन्। कुनै कर्मचारीले पैसा मागे ५ पैसा निदिई आफूहरुलाई जानकारी गराउन उनको व्यवसायीहरुलाई आग्रह छ।

आफू चाकडी गरेर मन्त्री नबनेका हुँदा आफू बाधक भए मन्त्री पद त्याग्न तयार रहेको प्रधानमन्त्रीलाई भनिसकेको पनि मन्त्री यादवले उद्घाटन कार्यक्रममा बताएका छन्।

आयल निगममा भ्रष्टाचार भएको कुरा सतहमा आउने गरेको उल्लेख गर्दै उनले आफूले भ्रष्टाचार गर्दिनँ भनेर मात्र नहुने र वरिपरि भ्रष्टाचारी छन् कि छैनन् त्यसमा पनि ख्याल राख्नुपर्छ उनले बताए।

प्रकाशित : शनिबार, साउन १८, २०७६०५:०५

बस जुँगुखोलामा फसेपछि आफन्तको उद्धार गर्न जाँदा पहिरोमा पुरिँदा बेपत्ता !