काठमाडौँ – सोमबार ५६ दिन यताकै महँगो भएको सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैंयाले बढेको हो।
मंगलबारको वृद्धिसँगै छापावाला सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ। यस अगाडी छापवाला सुन आइतबार ९४ हजार ५ सय र सोमबार ९५ हजार ३ सयमा कारोबार भएको थियो।
मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार १ सय रुपैंयाले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय कायम भएको छ। यस अगाडी यस अगाडी तेजाबी सुन आइतबार ९४ हजार र सोमबार ९४ हजार ८ सयमा कारोबार भएको थियो।
सुन ५७ दिन यताकै महँगो
मंगलबार कायम भएको सुनको मूल्य ५७ दिन यताकै महँगो रहेको छ। गत कार्तिक २४ गते सुन ९८ हजार २ सयमा कारोबार भएपश्चात सुनको मूल्य आजको विन्दु सम्म पुगेको थिएन। यस हप्ता मात्र सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैंयाले बढीसकेको छ।
चाँदीको मूल्य
मंगलबार चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैंयाले बढेसँगै चाँदीको मूल्य आज १ हजार ३ सय ३५ कायम भएको छ।