आइतबार राति भएको उडीनेसेविरुद्धको खेलमा २ गोल गरेसँगै युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासमै दोस्रो सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले पेलेको ६५७ गोलको रेकर्ड तोड्दै आफ्नो खेल जीवनमा क्लब र राष्ट्रको लागि ७५८ गोल गरेका छन्।
रोनाल्डो अब अब चेक गणतन्त्रका पूर्व महान् खेलाडी जोसेफ बिकान मात्र रोनाल्डो भन्दा अगाडी छन्। बिकानले आफ्नो खेल जीवनमा ७५९ गोल गरेका छन्, जुन रोनाल्डोको भन्दा १ गोल मात्र कम हो।
बिकानभन्दा १ गोलले मात्र पछि परेको अवस्थामा रोनाल्डोले आउँदा खेलहरुमा यो रेकर्ड तोड्ने र फुटबल जगतको सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने निश्चित नै छ। यससँगै रोनाल्डोले मेस्सी, पेले, म्याराडोनालाई ‘द ग्रेटेस्ट अफ अल टाइम’ को दौडमा पछि परेका हुन् त ?
फुटबल इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडी
१. जोसेफ बिकान
गोल: ७५९
खेल: ५३०
२. क्रिस्टियानो रोनाल्डो
गोल: ७५८
खेल: १०७१
३. पेले
गोल: ७५७
खेल: ८३४
स्पोर्टिंग सिपीबाट आफ्नो खेलजीवनको सुरुवात गरेका रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका लागि खेलिसकेका छन्। पाँच पटकका ब्यालुन डी’ ओर विजेता क्रिस्टियानोले पोर्चुगल राष्ट्रिय टोलीको लागि १०२ गोल गरिसकेका छन्। चार पटकका युरोपियन गोल्डेन बुट जितिसकेका रोनाल्डोले आफ्नो खेलजीवनमा थुप्रै व्यक्तिगत अवार्ड जितेका छन्।