विप्लव कार्यकर्ताले वडा कार्यालयमा टायरको बिचमा सिलिण्डर राखेर पड्काए !

सांकेतिक तस्विर

काठमाडौँ – शुक्रबार राति रामेछाप स्थिति खाँडादेवी गाउँपालिकामा सिलिण्डर बम विस्फोट भएको छ।

रामेछापको खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा गए राति सिलिण्डर बम विस्फोट भएको हो। विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएका छन्।

गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाई विस्फोट गराइएको कारण वडा कार्यालयको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

गए राति नै विस्फोट गराइएको भएता पनि स्थानीयहरुले त्यस बारे शनिबार बिहान मात्रै आफूहरुलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले बताएका छन्।

विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित : शनिबार, साउन १८, २०७६०६:३९

फाष्ट ट्रयाकको डिपिआरमै समस्या