ब्राजिलियन दिग्गज पेलेको नाममा पछिल्लो ४० वर्षभन्दा धेरै समयका लागि फुटबलमा २ ठूला किर्तिमान थियो: एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड र फुटबल इतिहासमा दोस्रो सबैभन्दा धेरै गोल गर्ने रेकर्ड। तर पछिल्लो केहि हप्ताको अन्तरालमा यी दुबै रेकर्ड टुट्यो।
खुसीको कुरा के हो भने उक्त दुई रेकर्ड आधुनिक समयका दुई सर्वोत्कृष्ट खेलाडी: मेस्सी र रोनाल्डोले तोडे। लियोनल मेस्सीले डिसेम्बरमा बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एकै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने भने गत आइतबार मात्र रोनाल्डोले आफ्नो करियरको ७५७ औं र ७५८ औं गोल गर्दै पेलेलाई पछि पारे।
पेलेले मेस्सीले आफ्नो रेकर्ड तोडेसँगै इन्स्टाग्राममा हार्दिकता व्यक्ति गर्दै एक पोस्ट पनि लेखे जसमा उनले मेस्सीको खुब तारिफ गरे। तर केहि समय पछि पेलेले आफ्नो पुरानो क्लब सान्तोसको सहयोगमा मेस्सीले आफ्नो रेकर्ड नतोडेको कुरा व्यक्त गर्न खोजेको जस्तो देखियो। ब्राजिलियन क्लबले एक बयान जारी गर्दै पेलेले सन्तोसको लागि गरेको गोल संख्या कुल १०९१ रहेको दाबी गर्यो।
त्यस्तै, हालै मात्र पेलेले आफ्नो इन्स्टाग्राम बायो पनि अपडेट गरेका छन्। उनले आफ्नो इन्स्टाग्राम बायोमा आफू फुटबल इतिहासको सबैभन्दा धेरै गोल (१२८३) गर्ने खेलाडी रहेको सूचित गर्छ। धेरै मानिसले रोनाल्डोले पेलेको रेकर्ड तोडेकोमा पेले खुसी नरहेको जिकिर गर्दै आएको छ।
यस्तोमा, दुई फुटबल लेजेण्डले आफ्नो रेकर्ड तोडेको पेलेलाई स्वीकार्य नरहेको र पच्न नसकेको धेरैको आंकलन गरेका छन्।