काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन गरेपछि त्यस विरुद्ध परेको मुद्दामा सुनुवाइ जारी छ।
प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक ईजलासमा सुनुवाइ शुरु भइसकेको छ। संवैधानिक ईजलासमा राणासहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा र तेजबहादुर केसी छन्।
यसैबीच सर्वोच्चमा सुनुवाइ चलिरहँदा जनता जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम सच्याउन सर्वोच्च अदालतको निर्णय निर्णायक हुनसक्ने बताएका छन्।
भट्टराईले वक ट्वीट गर्दै संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्न र ओलीको असंवैधानिक गल्तीलाई सच्याउन सर्वोच्च सर्वोच्च अदालतको निर्णय निर्णायक हुनसक्ने बताएका हुन्।
आजदेखि सबैको ध्यान सर्वोच्च अदालततर्फ हुने भन्दै भट्टराईले नेपाली जनताको अधिकारको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुन सक्ने भट्टराईको भनाई छ।
“आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ!ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ!अरू बाटो रोज्न नपरोस्!”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।
आजदेखि सबैको आॅखा सर्वोच्च अदालततिर हुनेछ!ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ!अरू बाटो रोज्न नपरोस्!
— Baburam Bhattarai (@brb1954) January 6, 2021