धार्मिक मान्यता अनुसार दान दिँदा मानिसले पुण्य प्राप्त गर्छ। धर्मशास्त्रमा पनि दानको महत्त्व उल्लेख गरिएको छ। सनातन धर्ममा मात्र होइन प्रत्येक धर्ममा दानलाई सद्गुणी कार्य र खाँचोमा परेकाहरूलाई सहयोग गर्न भनिएको छ। दान दिने परम्परा धेरै पहिलेदेखि चल्दै आएको छ, तर के तपाईंलाई थाहा छ केहि यस्ता चीजहरू पनि छन् जुन सूर्यास्त पछि कसैलाई पनि दिनु हुँदैन।
यदि सूर्यास्तपछि तपाईं यी चीजहरू कसैलाई दिनुहुन्छ भने धन सम्बन्धित समस्या आइपर्न सक्छ। थाहा पाउँनुहोस् के-कस्ता चीज सूर्यास्त पछि कसैलाई पनि दिनुहुन्न।
दुध
साँझ सूर्यास्त पछि दुध दान गर्नु हुँदैन। दुध भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ, यसबाहेक चन्द्रमासँग पनि सम्बन्धित मानिन्छ। यो समयमा दुध दान गर्दा घरबाट सुख-समृद्धि रहँदैन भन्ने विश्वास गरिन्छ।
दही
ज्योतिषशास्त्र अनुसार दही शुक्रसँग सम्बन्धित छ। शुक्रलाई धन, वैभव र ऐश्वर्यको प्रतीक मानिन्छ। त्यसकारण, कसैले सूर्यास्तपछि कसैलाई दही दिनु हुँदैन। यसले तपाईंको भौतिक सुख-सुविधा तथा धन आम गर्छ भन्ने विश्वास रहिआएको छ।
लसुन-प्याज
हुन त दानमा लसुन प्याज दिने चलन छैन। तर कहिलेकाहिँ यस्तो हुन्छ कि कसैलाई लसुन प्याज दिनुपर्ने हुनसक्छ। तर साँझको समयमा प्याज-लसुन दिनु शुभ मानिदैन। यी दुबै चीजहरू केतु ग्रहसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ। सूर्यास्त पछि यी चीजहरू दिँदा आर्थिक समस्या आउनसक्छ।