मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक र सार्वजनिक क्षेत्रमा प्रसिद्धि मिल्नेछ। परिवार एवम दाम्पत्यजीवनमा सुख सन्तोषको अनुभव गर्नुहुनेछ। मोज-मस्ती र मनोरंजनले भागीदारीमा लाभ हुनेछ। जीवनसाथीसँग मेलमिलाप रहनेछ।
वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलि र व्यवहारमा ध्यान राख्नुहोला। कुनै पनि मजाक गर्दा खराब परिस्थितिको निर्माण हुनेछ। गलत धारणा पैदा हुनेछ। मोज-शोक तथा मनोरंजनमा खर्च हुनेछ। स्वास्थ प्रति ध्यान राख्नुहोला। दुर्घटनाबाट बच्नुहोला।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईलाई लाभ मात्र हुनेछ। पारिवारिक सुख- शान्ति बनिरहनेछ। श्रीमतीमा खर्च हुनेछ। अविवाहित व्यक्तिको विवाहको सम्भावना रहेको छ। व्यपार एवम पेसामा आय बढ्नेछ। घरमा शुभ- प्रसंगको आयोजन हुनेछ। उत्तम भोजन र उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक मानसिक स्वस्थताको अभाव रहनेछ। छातीमा पीडा वा अन्य कुनै प्रकारको अनुभव हुनेछ। परिवारमा सदस्यसँग उग्र वाद-विवाद हुनेछ। शहरमा मानहानि नहोस यस कुराको ध्यान राख्नुहोला। स्त्री वर्ग तथा पानीबाट समस्या खडा हुनेछ। खर्च हुनेछ। समयमा भोजन मिल्नेछैन।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तन-मनले स्वस्थ र प्रफुलित रहनुहुनेछ। आफन्त र भाई-बन्धुसँग सम्बन्ध सौहार्दपूर्ण रहनेछ। निर्धारित कार्य पूरा हुनेछ। भाग्यवृद्धिको अवसर आउनेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछ। प्रिय व्यक्तिको निकटताले तपाईलाई हर्षित गर्नेछ। प्रेमपूर्ण सम्बन्धको गहनताको परिचय हुनेछ। आर्थिक लाभ हुनेछ ।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
द्विधापूर्ण मानसिक वृत्ति रहनेछ । नकारात्मक विचारले मनको अस्वस्थता बढाउनेछ। पारिवारिक सदस्यसँग मनमुटाव हुन सक्ला। अनावश्यक खर्च हुनेछ । विधार्थीको पढाईमा ध्यान जानेछैन। बौद्धिक चर्चाको क्रममा विवादबाट बच्नुहोला।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
वर्तमान समयमा तपाईको राम्रोसँग आर्थिक आयोजन पूरा गर्न सक्नुहुनेछ। तपाईको कलात्मक र सृजनात्मक शक्ति श्रेष्ठतम रहनेछ। शारीरिक र मानसिक रूपबाट तंदुरुस्त रहनुहुनेछ। दृढ़ विचार र आत्मविश्वासले पूरा गर्न सक्नुहुनेछ। मोज -शोक र मनोरंजनमा खर्च हुनेछ। दाम्पत्यजीवनमा निकटता अनुभव हुनेछ।
वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विदेशमा बस्ने स्नेहीजन वा मित्रको तर्फबाट शुभ समाचार मिल्नेछ। दम्पत्यजीवनमा जीवनसाथीकोसँग निकट पल व्यतीत गर्नुहुनेछ। कोर्टको मामलामा सम्हालेर कार्य गर्नुहोला।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रेमको सुखद अनुभव प्राप्त गर्ने सौभाग्य प्राप्त हुनेछ। आर्थिक, सामाजिक र कुटुम्बिक दृष्टिले लाभ हुनेछ। गृहस्थ जीवनमा आनन्द छाउनेछ। मित्र , विशेष रूपले स्त्री मित्रबाट लाभ हुनेछ। आयको साधना वृद्धि हुनेछ। व्यपारमा वृद्दि र लाभ हुनेछ। वैवाहिक योग रहेको छ। मांगलिक कार्य हुनेछ। उत्तम भोजन मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यवसायको क्षेत्रमा धन, मान एवम प्रतिष्ठा वृद्धि हुनेछ। घर, परिवार र सन्तानको मामलामा आनन्द र सन्तोषको भावना अनुभव गर्नुहुनेछ। व्यावसायिक कार्यको सम्बन्धमा दौड़धूप बढ्नेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अस्वस्थ महसूस गर्नुहुनेछ। मानसिक रूपले स्वस्थ रहनुहुनेछ। आफिसमा उच्च पदाधिकारीबाट बच्नुहोला। मोज -शोकमा विशेष खर्च हुनेछ। यात्राको योग रहेको छ। विदेशगमनको सम्भावना पैदा हुनेछ तथा विदेशबाट समाचार मिल्नेछ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आकस्मिक धन लाभको योग रहेको छ। शारीरिक र मानसिक रूपबाट अधिक परिश्रम गर्नुपर्नेछ। स्वास्थ्यको मामलामा ध्यान राख्नुहोला। खर्च अधिक रहनेछ । अनैतिक कामवृत्तिले समस्या पैदा गर्नेछ , आध्यात्मिक विचार र व्यवहारले कुमार्गमा जानबाट रोक्नेछ।