काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सत्ता र पदको लोभले मानिसलाई बिगार्ने बताएका छन्। काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा बोल्ने क्रममा नेता नेपालले सत्ताको मात खतरनाक हुने बताएका हुन्।
काठमाडौंमा प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको ‘राजनीतिक पार्टीहरूको अन्तर्क्रिया’मा बोल्ने क्रममा अध्यक्ष नेपालले ओलीलाई सङ्केत गर्दै सत्ताले मानिसलाई बिगार्ने बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान विरोधी काम गरेको आरोप लगाए। ओलीको कदमले लोकतन्त्रका मूल्यमान्यतामाथि गहिरो र चोटिलो प्रहार भएको उनको भनाई छ।
संसद विघटन गरेर ओलीले नेकपाका नेतालाई तह लगाएको सोचे गलत हुने पनि नेता नेपालले बताए। ओलीको पछिल्लो कदमले सिंगो व्यवस्था, गणतन्त्रमाथि प्रहार भएको नेता नेपालको बुझाई छ।
“नेकपाका नेतालाई तह लगाएका होला। दनक दिएको भन्ने नठान्नुहोला। सत्ताको मात खतरनाक हुँदो रहेछ। सत्ताले मानिसलाई बिगार्दो रहेछ। हाँले यो सिंगो व्यवस्था, गणतन्त्रमाथि प्रहार गर्नु भएको छ।”,उनले भने,”यो संविधान विरोधी कदम हो। यसले लोकतन्त्रका मूल्यमान्यतामाथि गहिरो र चोटिलो प्रहार भएको छ। यो प्रतिगामी कदम हो।”
प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट काम गर्न दिइएन भन्दै निहुँ बनाउँदो संविधान विपरीत काम गरेको अध्यक्ष नेपालको आरोप लगाए। घरमा झमेला भएपछि घर नै भत्काइदिए जस्तो काम ओलीले गरेको उनको आरोप छ।
“पार्टीभित्र काम गर्न दिइएन, धेराबन्दीमा पार्न खोजियो देखाइदिएँ। न प्रतिनिधि सभा रहन्छ म मलाई गिराउँछन् भन्ने हिसावले उहाँले संविधान विपरीत काम गर्नुभयो। घरमा झमेला भएकोले घर नै भत्काइदिने?”,उनले भने।