बेलायतमा देखा परेको नयाँ स्ट्रेनको कोरोना भाइरसले उग्र र खतरनाक रुप लिन सक्ने देखिएको छ। भाइरसको नयाँ प्रकारको कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको छ।
साधारण भाइरसभन्दा बढी संक्रामक मानिएको यस भाइरसको कारण बेलायतमा धेरै दैनिक संक्रमित मृ-त्यु हुनेको संख्या रिपोर्ट गरिएको छ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा एकैदिनमा १ हजार ४१ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ भने एकै दिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबारसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २८ लाख ४५ हजार २६५ पुगेको छ। त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७७ हजार ४७० पुगेको छ ।