बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्ने धेरैको आंकलन रहेको छ। यस्तोमा, क्लबको अध्यक्ष पदका उम्मेदवार सबैको लागि क्लबमा मेस्सीको भविष्य चर्चाको विषय बनेको छ।
बार्सिलोनाको अध्यक्ष पदका उम्मेदवार लुइस फर्नांडेजले मेस्सी बिना बार्सिलोना, बार्सिलोना नै नरहने बताएका छन्। उनका अनुसार अहिलेको समयमा मेस्सीले मात्र बार्सिलोनाको मूल्य सुनिश्चित गर्न सक्छन्। “लियोनल मेस्सी एक मात्र खेलाडी हुन् जसले बार्सिलोनाको मूल्य सुनिश्चित गर्न सक्छन्”, उनले भने।
“हामी यो बिर्सन हुन्न कि मेस्सीको कारण बार्सिलोनाको बढी आम्दानी छ”, फर्नांडेजले रेडियो मार्कालाई भने,”मेस्सी बिना बार्सिलोनाको मूल्य कम हुन्छ।”
बार्सिलोनामा मेस्सी मात्र यस्ता खेलाडी हुन् जसले बार्सिलोनाको आम्दानी बढाउन सक्छ भन्ने उनको भनाइ छ। “बार्सिलोनामा मेस्सी एक मात्र खेलाडी हुन् जसले आफ्नो उपस्थितिबाट बार्सिलोनाको मूल्य र आम्दानी सुनिश्चित गर्न सक्छन्।”
३३ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सी क्लबको बोर्ड र तत्कालीन अध्यक्ष जोसेप मारिया बार्टोमाउसँगको खराब सम्बन्धका कारण गत वर्ष बार्सा छोड्न चाहन्थे। बार्टोमाउ र सम्पूर्ण बार्सा बोर्डले अक्टोबरमा राजीनामा गर्नु अघि छ पटकको ब्यालोन डी ओर विजेताले अन्ततः बार्सिलोनामै रहने निर्णय गरेका थिए।