मेस्सी-रोनाल्डो भन्दा पेले नै उत्कृष्ट: डी स्टेफेनो

पूर्व रियल म्याड्रिड खेलाडी अल्फ्रेडो डी स्टेफेनोले आधुनिक फुटबलका दुई सर्वोत्कृष्ट खेलाडीहरु लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा ब्राजिलियन दिग्गज पेले निकै उत्कृष्ट रहेको बतएका छन्। डिएगो माराडोना, रोनाल्डो, मेस्सी र पेले मध्य को ‘फुटबल गोट’ भन्ने बहस प्राय: चलिरहन्छ।

डि स्टेफेनो, जसले रियल म्याड्रिडमा हुँदा ५ युरोपियन कप र आठ ला लिगा उपाधि जिते, रोनाल्डो र मेस्सी दुबैको व्यक्तिगत क्षमताको प्रशंसा गर्छन्। यद्यपि, पूर्व लस ब्लान्कोस स्टारक अनुसार रोनाल्डो वा मेस्सी कोहि पनि पेलेभन्दा उत्कृष्ट छैनन्।

“मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबै महान खेलाडी हुन्, तर पेले अझ उत्कृष्ट थिए,” डि स्टेफेनोले भने,”मेस्सी र रोनाल्डो मध्य मेस्सी अधिक प्राविधिक खेलाडी हुन्। उनले जसरी बल नियन्त्रण गर्छन्, ड्रिबल गर्छन् , त्यसबाट देख्न सकिन्छ।”

“क्रिस्टियानोको राम्रो शरीर छ र उनी शारीरिक रूपमा पनि बलिया छन्। उनीसँग पेस, स्पिड छ। साथै, उनले दुबै खुट्टा समान तरिकाले प्रयोग गर्न सक्छन्”, स्टेफेनोले भने।

प्रकाशित : शुक्रबार, पुष २४, २०७७१५:५०

रोनाल्डो, लेवान्डोस्की: २०२०-२१ गोल्डेन बुटको दौडमा को छ अगाडी ?