बलिउड ड्र-ग्स केसमा अभिनेता सुशांत सिंह राजपूतको एक अर्को नजिकको व्यक्ति ऋषिकेश पवारलाई नारकोटिक्स कंट्रोल ब्यूरोले खोजिरहेको छ । उनी आफ्नो घरबाट गायब छन् । थुप्रैपटक पत्र दिदा पनि उनि जाँच एजेंसीको अगाडी पेश भएका छैनन्। एक ड्र-ग्स सप्लायरले राजपूतको पूर्व असिस्टेंट डायरेक्टर ऋषिकेश पवारको नाम लिएका थिए। त्यसपछि उनीसँग एकपटक सोधपुछ भएको थियो। तर अहिले उनी गायब छन्। सुशांतको हाउस म्यानेजर रहेका दीपेश सावंतले यो कुरा भनेका छन् कि ऋषिकेशले सुशांतको लागी ड्र-ग्स ल्याउथे ।
यस मामिलामा गिरफ्तारीबाट बच्नको लागि ऋषिकेश पवारले एनडीपीएस कोर्टमा अग्रिम जमानतको पत्र दिएका थिए, जुन बिहिबार खारिज भएको थियो। त्यसपछि पवारको खोजीमा जाँच एजेंसी उसको घरमा जाँदा उनी थिएनन्। एनसीबीको जोनल डायरेक्टर समीर वानखेड़ेले बताए कि पवारको खोजि गर्दैछौ। पवारले केहि समय मात्र सुशांत सिंहसँग काम गरेका थिए।
सुशांत सिंह राजपूत १४ जुन २०२० मा मुम्बई बांद्रा स्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएको थियो। उनको मृत्युपछि सिबिआई , ईडी , एनसीबी , मुम्बई पुलिस र बिहार पुलिसले यस मामिलाको जाँच गरे तर कुनै अन्तिम निर्णयसम्म पुगेन। यस मामलामा ड्र-ग्स एंगल आएपछि उनको गर्लफ्रेंड रिया चक्रवर्तीलाई एक महिनासम्म जेलमा राखिएको थियो।