कुन नेताको कति आफन्त टुप्पामा छन् सबै थाहा छ मलाई, मेरो एक जना मात्र कसैले देखाइदिओस्: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफ्ना कोहि पनि आफन्तलाई कुनै पनि लाभको पद नदिएको दाबी गरेका छन्।

आफ्नो समूहले शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले आफू देश विकास गर्न आएकोले आफ्ना आफन्तलाई टपक्क टिपेर कुनै पनि पदमा नराखेको बताएका छन्।

“मैले मेरा कुन चाहीं आफन्तलाई टपक्क टिपेर टुप्पमा राखें कसैले देखाइदिओस्। एक जना मात्र कसैले देखाइदिओस्,” उनले भने,”म नेताहरुलाई भन्न चाहन्छु, जनताका लागि उभिएर भन्नुस् तपाईंहरुका कसकस्का आफन्त कहाँ कहाँ छन्, माथि माथि टुप्पामा पुगेका ? म क-कसका आफन्त कहाँ कहाँ छन् सबै देखाइदिन सक्छु।”

त्यस्तै, उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेलाई एकपटक संविधान पढ्न समेत आग्रह गरेका छन्। “जसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ, म तिनीहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु” उनले भने।

“६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि भयो। मैले त देशको समय बर्बाद हुने भयो भनेर संसद विघटन गरेको हुँ।” ओलीले भने,”ओलीले चुनाव गर्न सक्दैन भन्नेलाई फेरी पनि भन्छु, चुनाव बैशाख १७ र २७ गते नै हुन्छ।”

चुनावको तयारीमा लाग्न आग्रह गर्दै उनले भने,”खराबतत्वहरुलाई गाउँमै ठेगान लगाउनुस् त्यस्ताले माथि गए भने हैरान पार्छन्। भ्रष्टतत्व, देशद्रोहीहरुलाई गाउँबाटै ठेगान लगाउनुस्, त्यस्तालाई भोट नहाल्नुहोस्।”

प्रकाशित : शुक्रबार, पुष २४, २०७७१६:१०

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने !