‘कान समातेर, रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है!’-डा. भट्टराई

काठमाडौँ, पुष २५ । पूर्वप्रधानन्त्री तथा जनता समाजवादी पार्टीको जनपरिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबार साँझ सामाजिक संजाल ट्वीटरमार्फत ओलीको आत्मालोचनाले पार्टी एकता हुननसक्ने बताएका छन् ।

भट्टराईले ट्वीट गर्दै ओलीले गल्ती स्वीकार गरेर, रुन्चेपिन्चे कुरा गरेर, कान समातेर ओली प्रतिगमन सच्याउन नसकिने भट्टराईले बताएका छन् ।

भट्टराईले ट्वीट गर्दै लखेका छन्,’ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा, पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है ! हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं१ इतिहास नदोहोरिओस् !’

प्रकाशित : शनिबार, पुष २५, २०७७०८:५०

आज बिहानै करेन्ट लागेर भाले हात्तीको मृत्यु