प्रतिनिधिसभा विघटनविरुद्ध डा गोविन्द केसी पनि उत्रिए सडकमा !

प्रतिनिधिसभा विघटनविरुद्ध डा गोविन्द केसीको नेतृत्वमा माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ। सरकारको मनलाग्दी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्ने उदेश्यलवे शान्तिपूर्ण विरोध गरिएको हो।

सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार संविधानवादको रक्षा गर, न्यायिक सुशासन कायम गर, नागरिक अघि बढ्दै छ, लुटतन्त्र ढल्दैछ लगायत नारासहित प्लेकार्डका साथ प्रदर्शनकारी छन्।

 

प्रकाशित : शनिबार, पुष २५, २०७७१३:४४

प्रचण्ड पक्ष, ओली पक्ष भन्ने हैन, पार्टी एकता गर्नमा लाग्नुपर्छ !