नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ब’ला-त्कार गरेको आरोप लगाएका छन्। आफैंले हस्ताक्षर गरेको संविधानको उलंघन गर्दै संसद विघटन गरेको भन्दै ओलीले संविधानको ब’ला-त्कार गरेको बताएका हुन्।
शनिबार नेकपा सम्पर्क समन्वय कमिटीको काठमाडौँमा भएको सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो कुरा बताएका हुन्।
“पहिला आफैंले संसद विघटन गर्न नसक्ने भन्दै बनाएको संविधानमा हस्ताक्षर गर्नुभयो तर अहिले त्यहि ब’ला-त्कार गरेर प्रतिनिधिसभा विघटन गर्नु भयो। उहाँले त आफू प्रधानमन्त्री भएपछि त तानाशाहको जस्तो प्रवृत्ति पो देखाउन थाल्नुभयो”, खनालले भने।
“ओलीले प्रधानमन्त्री भएसँगै अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाहको जस्तो व्यवहार गर्न लाग्नुभयो”, नेता खनालको भने।