बेलायत बस्दै आएका गायक केसीको मृत्यु, फेसबुकबाट गरेका थिए सबैलाई गुडबाई!

सांकेतिक तस्विर

करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झु-ण्डि’एको अवस्थामा भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए  ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । उनि पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे  भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । उनको आ-त्मह-त्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित : आइतबार, पुष २६, २०७७०८:३२

आज दिनभर पशुपतिनाथ मन्दिर बन्द रहने, भोलि बिहान ६ बजेमात्रै खुल्ने!