रोनाल्डो भर्सेस मेस्सी: पछिल्लो दशकमा कसले गर्यो त बढी गोल ?

मेस्सी र रोनाल्डो दुबै खेलाडी फुटबल इतिहासकै उत्कृष्ट खेलाडीमा पर्छन्। ती दुई खेलाडीको आफ्ना करियरभरीको गोल अनुपात अविश्वसनिय छ। दुबै खेलाडीले अहलेसम्म ७ सयभन्दा धेरै गोल गरिसकेका छन्।

आफ्नो प्राइममा यी दुईको लागि एक गेममा एक गोल गर्नु कुनै ठूलो कुरा थिएन। २०११/१२ सत्रमा मेस्सीले बार्सिलोनाका लागि मात्र ६० खेलमा ७३ गोल गरे। त्यस्तै, २०१४/१५ मा रोनाल्डोले रियल म्याड्रिडका लागि ५४ खेलमा ६१ गोल गरे। तर पछिल्लो १० बर्षमा (२०११-२०१०) मा कसले सबैभन्दा धेरै गोल गरे त ?

पछिल्लो १० वर्षको तथ्यांक हेर्ने हो भने यी दुई स्टारको नजिक पनि अरु कोहि खेलाडी छैनन्। तर अविश्वसनीय रूपमा, रोनाल्डो र मेस्सीबीच केवल एक गोलको अन्तर छ।

यी हुन् पछिल्लो दशकमा सबैभन्दा बढी गोल गर्ने टप २० खेलाडी 

२०. ह्यारी केन- २३६ गोल

१९. अबदेरेजाक हमदाहा- २३७ गोल

१८. नेमान्जा निकोलिक- २४२ गोल

१७. अली अस्फक- २४२ गोल

१६. गोल्जालो हिगुइन – २४२ गोल

१५. अली मुबखाउट- २५० गोल

१४. ओमर अल सोमा- २५५ गोल

१३. रोमेलु लुकाकु- २५८ गोल

१२. करिम बेन्जामा- २५९ गोल

११. एरान जाहाबी- २६४ गोल

१०. सेबासटियन ट्यागलियाबे- २६५ गोल

९. पिएरे एमरिक अबामियांग- २७८ गोल

८. सेर्जियो अगुएरो- ३०२ गोल

७. नेइमार- ३२७ गोल

६. एडिनसन काभानी- ३३४ गोल

५. लुइस सुवारेज- ३३५ गोल

४. ज्लाटान इब्राहिमोभिक- ३४० गोल

३. रोबर्ट लेवान्डोस्की- ४१७ गोल

२. लियोनल मेस्सी- ५४९ गोल

१. क्रिस्टियानो रोनाल्डो- ५५० गोल

प्रकाशित : आइतबार, पुष २६, २०७७१२:३२

बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले जितिन् स्वर्ण !