प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहान ११:३० बाट मन्त्रिपरिषद् बैठक सुरु हुने कार्यक्रम रहेको छ। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। मन्त्रिपरिषद्को कार्यविधिअनुसार नै सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक पनि बस्दै छ।
ओलीले दिउँसो १ बजे राष्ट्रियसभालाई सम्बोधन गर्ने
त्यस्तै, आजै प्रधानमन्त्री ओलीले राष्ट्रियसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा विरोध भैरहेको छ । यस्तोमा, ओलीले आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको अनुसार बैठकको सम्भावित कार्यसूचीमा ओलीले सम्बोधन गर्ने उल्लेख नगरिए पनि प्रधानमन्त्री आफैले राष्ट्रिय सभामा आउँछु भनेका थिए। त्यसपछि ओलीको सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ ।