राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसामु राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्ने सिफारिड गरेको थियो।
एक सूचना जारी गर्दै आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन्।
मन्त्रिपरिषद्को बैठकले गर्यो राष्ट्रियसभाको अधिवशेन आजैबाट अन्त्य गर्ने निर्णय !
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्ने तयारी गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्न विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री निवासमा केहिबेर अघि मात्र बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताइएको आइतबार राति १२ बजेपछि राष्ट्रियसभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय भएको हो।
त्यस्तै, राष्ट्रियसभाको बैठक आजै १ बजेपछि बस्ने तयारी छ। उक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने पनि बताइएको छ।