आइतबार भएको राष्ट्रिय सभामा प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। राष्ट्रिय सभाको हिउदे अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद, पूर्वन्यायाधीशरुको विज्ञप्ति, प्रतिनिधिसभा विघटनको लगायतका विषयमा बोले।
तर उनी अहिले सम्बोधनको क्रममा थुकेको कुरालाई लिएर आलोचित भइरहेका छन्। भाषणको बीचमा प्रधानमन्त्री ओलीले रोष्टममा थुकेपछि सामाजिक संजाल र मिडियामा उनको अशिष्ट भन्दै आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिव, भारतीय सेनापतिको नेपाल भ्रमण नेपाल, नेपालका ऊर्जा सचिवको भारत भ्रमण उपलब्धीमुलक भएको र आउँदो १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको बारेमा बोल्दै गर्दा रोष्टममा थुकेका हुन्।