जाडो महिनामा छालाको साथ-साथै ओठ पनि ड्राई हुने गर्छ । साथै जति लिप बाम लगाए पनि ओठ फुस्रो भईरहन्छ। चिसोको समयमा ओठमा सुख्खा पापरा जम्छ। फुस्रो ओठले सबै लुक्स खराब हुन्छ। अहिले म्याट लिपस्टिक निकै ट्रेन्डमा रहेको छ। चिसोको मौषममा म्याट लिपस्टिक लगाउदा ओठ निकै फुस्रो हुन्छ। यदि तपाई चिसोमा म्याट लिपस्टिक लगाउन चाहनुहुन्छ भने यी टिप्सलाई फलो गर्नुहोस् ।
लिप स्क्रब:
चिसोमा ओठ रुखो र ओठबाट पापरा निक्लिन्छ। फुस्रो लिपमा म्याट लिपस्टिक लगाउदा झन ओठको रुखोपन बढ्छ। ओठको फुस्रोपन कम गर्नको लागि लिप स्क्रब गर्नुपर्छ। लिप स्क्रब गर्दा डेड स्किन सेल्स ठीक हुन्छ। लिप स्क्रब गर्नको लागि चिनी र नरिवलको तेल लिनुहोस् । चिनी र नरिवलको तेल मिलाएर लिप स्क्रब गर्नुहोस् । यसले तपाईको लिप्स सफ्ट हुनेछ।
लिपबाम:
मौसम जुन भएपनि लिप केयरको लागि लिप बाम प्रयोग गर्नुपर्छ। लिप बाम प्रयोग गर्नाले लिप हाइड्रेट रहन्छ। लिप बाम प्रयोग गर्नाले लिप सफ्ट रहन्छ।
क्रिमि म्याट लिपस्टिक:
चिसोमा तपाईले क्रीमी म्याट लिपस्टिकको प्रयोग गर्न सक्नुहुन्छ। क्रीमी म्याट लिपस्टिकले तपाईलाई म्याट फिनिशको साथसाथै तपाईको लिप्सलाई मुलायम बनाउन मदत्त गर्छ।

