मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
निर्धारित कार्य सजिलै पूरा गर्न सक्नुहुनेछ। धार्मिक वा मांगलिक अवसर उपस्थित हुनेछ। तीर्थयात्राको योग रहेको छ। रिस काबू गर्नुपर्नेछ। क्रोधको कारण पेसा -धन्दाको ठाउँ वा घरमा मनमुटाव होला।
वृष -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हातमा लिएको कार्य समयमा पूरा नहुनाले निराशा अनुभव गर्नुहुनेछ। कार्य सफलतामा विलंब हुनेछ। खान-पानको कारण स्वास्थ्य खराब हुनेछ। नयाँ कार्यको सुरुवातको लागि उचित समय रहेको छैन। यात्रामा विघ्न आउनेछ। अफिस वा व्यवसायमा अत्यधिक कार्यको कारण कार्यभारले थकान अनुभव हुनेछ । योग साधना र आध्यात्मिकताले तपाईलाई मानसिक शान्ति प्रदान गर्नेछ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आरामदायक र प्रसन्नतापूर्वक दिनको सुरुवात हुनेछ। पाहुना र साथीसँग पार्टी पिकनिक र समूहभोजनको आयोजन गर्नुहुनेछ। नयाँ कपडा र गहनाको खरिद हुनेछ। मनमा आनन्द रहनेछ। विपरीत लिंगीय पात्रतर्फ आकर्षण अनुभव गर्नुहुनेछ। सार्वजनिक जीवनमा सम्मान मिल्नेछ र र लोकप्रिय बन्नुहुनेछ। व्यापारबाट लाभ हुनेछ। दाम्पत्य सुख प्राप्त गर्नुहुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको दिन चिन्तारहित र सुखमय रहनेछ। पारिवारिक सदस्यसँग विशेष समय बिताउनुहुनेछ। कार्यमा सफलता र यश मिल्नेछ। पेसामा लाभ मिल्नेछ । साथी कार्यकर्ताको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धिको चाल निष्फल रहनेछ ।
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईको दिन तन-मनदेखि स्वस्थ रहनेछ। आंतरिक सृजनात्मकताले नया स्वरूप प्रदान गर्नेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। सन्तानको प्रगतिको समाचार मिल्नेछ। विद्यार्थिको लागी राम्रो समय रहेको छ। कुनै पुण्यकार्य गर्नुहुनेछ। आध्यात्मिकवृत्ति बढ्नेछ ।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्य राम्रै रहनेछ। मन चिन्ताले घेरेको हुनेछ। आमासँग सम्बन्ध तनावपूर्ण रहनेछ। आफन्तसँग उग्र वाद-विवाद हुनाले मनमुटाव रहनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला।
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ कार्यको आराम्भ गर्नको लागी शुभ दिन रहेको छ। भाग्यवृद्धि र धनलाभ होला। पारिवारिक वा व्यावहारिक कार्यको अवसरमा जानुपर्नेछ। नजिक स्थानमा धार्मिक प्रवासको सफल आयोजन हुनेछ। विदेशबाट शुभ समाचार मिल्नेछ। तपाईले तन-मनबाट स्वस्थता अनुभव गर्नुहुनेछ।
वृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारमा सुखशान्ति बनिरहनेछ। मिष्टान्न भोजन मिल्नेछ।धार्मिक कार्यमा खर्च हुनेछ। बोलीको प्रभावले मान्छे मोहित हुनेछ। धन लाभ हुनेछ। विद्यार्थिले निश्चितरूपले सफलता पाउनेछन् ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सन्तानको सुख र स्वास्थ्यमा सुधार एवं पढ़ाईमा सफलताको लागि उत्तम समय रहेको छ। विदेश व्यापारबाट लाभ हुनेछ। आफ्नो हातबाट धार्मिक एवं मांगलिक कार्य हुनेछ। आफन्त र मित्रको भेटले आनन्दित गर्नेछ। आर्थिक लाभ हुनेछ। जीवनसाथीको तर्फबाट सुख र आनन्द मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। सुरुचिपूर्ण भोजन मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य सम्बन्धि समस्या रहनेछ। मनमा उचाट अनुभव गर्नुहुनेछ। व्यवसायमा सरकारको हस्तक्षेप बढ्नेछ।धार्मिक कार्यमा खर्च हुनेछ। आध्यात्मिक र धार्मिक व्यवहार वृद्धि हुनेछ। शत्रुद्वारा समस्यामा रहनुहुनेछ। स्त्री तथा सन्तानको चिन्ता रहनेछ। दुर्घटनाबाट बच्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मांगलिक कार्य र नयाँ कार्यको आयोजन गर्नको लागी शुभ दिन रहेको छ।अविवाहितको विवाह हुनेछ। श्रीमती र सन्तानको शुभ समाचार मिल्नेछ। गृहस्थजीवन र दाम्पत्यजीवनमा सुख र सन्तोषको भावना अनुभव हुनेछ। मित्र मण्डल तथा बुजुर्गवर्ग तर्फबाट लाभ हुनेछ। आयको साधना वृद्धि हुनेछ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
हरेक कार्य सफलतापूर्वक सफल हुनेछ। पेसा र व्यवसायमा पदोन्नति र वृद्धि हुनेछ। व्यापारीको रोकिएको पैसा मिल्नेछ। पिता तथा बुजुर्गवर्गबाट लाभ मिल्नेछ। आर्थिक लाभ र परिवारमा आनन्द छाउनेछ। सरकारको तर्फबाट लाभ हुनेछ। सार्वजनिक मान-सम्मान वृद्धि र गृहस्थजीवनमा सुख शान्तिले धन्यता अनुभव गर्नुहुनेछ ।