काठमाडौँ – जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर पार्न खोजिएको बताएका छन्।
प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई अन्तर्वार्ता दिँदै आफू राष्ट्रवादी रहेको देखाउने खोहेको तर्फ सङ्केत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत ओलीको प्रतिगमनलाई मत्थर पार्न देशभित्री/बाहिरी शक्तिहरू लागिपरेको बताएका हुन्।
संसद विघटन गरी निर्वाचन घोषणा गरेको विषयलाई मत्थर पार्न र विषयान्तर गर्न ओलीलाई २०१७ सालपछि महेन्द्रलाई राष्ट्रवादी देखाएजस्तै गर्न खोजिएको भट्टराईको बुझाई छ।
“ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैँ महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ।”,ट्वीट गर्दै भट्टराईले भनेका छन्।
ओलीलाई राजा महेन्द्रलाई झैँ प्रायोजित रुपमा राष्ट्रवादी देखाएर नेपाली जनता र देशलाई निरंकुशता, अल्पविकास र परनिर्भरता तर्फ धकेलिने कुरा सबैमा चेतना हुन पर्ने पनि भट्टराईले बताएका छन्।
भट्टराईले ट्वीटर मार्फत भनेका छन्,”नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!”
यस्तो छ भट्टराईको ट्वीट –
ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैँ महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!
ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!
— Baburam Bhattarai (@brb1954) January 12, 2021