चमकदार र जवान छालाको सबै महिलाको चाहना हुन्छ। बेदाग र सफा अनुहारको लागि केटी पार्लर गएर फेसियल गर्छन् र केही महिला घरमा आफ्नो छालाको हेरचाह लागि क्लिन्जिङ गर्छन्। फेसियल गरेपछि अनुहारमा छुट्टै चमक आउँछ। यस्तैमा तपाईले आफ्नो छाला बाहिरी मात्र सफा नगरी भित्री तरिकाले पनि हेरचाह गर्नुपर्छ। चमकदार र बेदाग छालाको लागि हेल्दी डाइट लिन निकै जरुरी रहेको छ। चमकदार छालाको लागि आफ्नो डाइटमा हरियो सागपात र फलफुलको सेवन गर्नुपर्छ। थाहा पाउनुहोस् ताजा र चमक छालाको लागी आफ्नो डाइटमा के राख्नुपर्छ।
मेवा
चमकदार र जवान छालाको लागि आफ्नो डाइटमा मेवालाई राख्नुहोला। मेवाले छालालाई चमकदार र जवान बनाउन मदत्त गर्छ। चमकदार छालाको लागि मेवालाई आफ्नो अनुहारमा पनि लगाउन सक्नुहुन्छ।
पानी
चमकदार र बेदाग छालाको लागि पानी निकै जरुरी रहेको छ। यदि तपाई अनुहारको डन्डीफोरबाट समस्यामा हुनुहुन्छ भने पानीको सेव गर्नुहोला। पानी पिउनाले छाला हाइड्रेट रहन्छ जुनले छाला चमकदार र जवान रहन्छ।
फलफुल
छालाको हेरचाहको लागी आफ्नो डाइटमा फलफुल राख्नुहोला। फलको सेवन गर्नाले छाला जवान र चमकदार रहन्छ।
हरियो सागपात
चमकार र जवान छालाको लागी हरियो सागपात निकै फाईदादायक रहेको छ। हरियो सागपात सेवन गर्नाले तपाईले आफ्नो अनुहारको दाग कम गर्न सक्नुहुन्छ । चमकदार र बेदाग छालाको लागि हरियो साग्पात्को प्रयोग गर्नुहोला।