करण जोहर प्रोडक्सन हाउसमा आगलागी लाखौंको समान जलेर खरानी

करण जोहर प्रोडक्सन हाउस धारमा प्रोडक्सनमा मा आज राती करिब २;१५ मिनेटमा आगलागी भएको छ। आगलागीका कारण लाखौंको समान  जलेर नष्ट भएको स्रोतले जनाएको छ।  जुन प्रोडक्सन हाउस मुम्बई स्थित गोरेगाउँमा अवस्थित रहेको छ।  घरमा भएको महत्वपुर्ण कागजाज किताब आदि सब खरानी खरानी भएको छ।

आगलागी किन र के कारणले लाग्यो भन्ने तथ्य अझै पत्ता लाग्न सकेको छैन। डीएनए रिपोर्टका अनुसार प्रोडक्सनको सबैभन्दा पछिल्लो तल्लाबाट आगलागी हुन् सुरु गरेको थियो भने अन्तत यो फैलिदै तेस्रो तल्ला सम्म पुगेको हो। आगलागीको केहि तस्बिर र भिडियोहरु भने हाल सामाजिक संजालमा भाइरल भईरहेका छन । आगलागी कै कारणले गर्दा बिल्डिंगको स्वरुप बिग्रिएको छ।

गोडाउनमा  धर्मा प्रोडक्शनको पुराना तथा प्रदर्शनरत चलचित्रहरुलाई राखिएको थियो। तर आगलागी पश्चात सब कुराहरु जलेर नष्ट भएको जानकारी रहेको छ। आगलागीका कारण कतिको क्षती भयो भन्ने सन्दर्भमा कुनै आधिकारिक जानकारी हाल सम्म प्राप्त नभएको भएता पनि यस घटनाका कारणले गर्दा प्रोडक्सन हाउसका सम्पूर्ण सदस्यहरुले दुख ब्यक्त गरेका छन ।

धर्म प्रोडक्सनद्वारा निर्मित चलचित्र स्टुडेन्ट अफ द ईयर २ मे १० मा प्रदर्शनमा आउने तयारीमा रहेको छ। जसलाई करण जोहरतारा सुतार‍िया र अनन्या पांडेले लन्च गरिरहेका छ।  चलचित्रको दोस्रो गीत पनि सामाजिक संजाल मार्फत सार्वजनिक गरिसकिएको छ। यस भन्दा पहिले करणको चलचित्र कलंक प्रदर्शनमा आएको थियो जसलाई चलचित्र समिक्षकहरुको नराम्रो प्रतिक्रिया जनाएका थिए।

 

प्रकाशित : बुधबार, बैशाख १८, २०७६०७:४९

देशभर ठुलो हुरी चल्यो ! शक्तिशाली चक्रवात नेपाल भित्रिने खतरा के छ ?