एजेन्सी, प्राय: मानिस यस कुरालाई मान्छन् कि आफ्नो मनपर्ने खानेकुरा खादा मूड फ्रेस हुन्छ । यस कुराको पुस्टि निकै स्टडीमा पनि भैसकेको छ । तर के तपाइलाई थाहा छ कि हेल्दी खानेकुराको सेवन गर्दा तपाइ तनाबबाट मुक्त हुनु हुनेछ । हाल मात्रै भएको एक स्टडीको रिपोर्टमा बताएइएको छ कि तौल कम गर्ने र न्यूट्रिएंट्सबाट भरपुर डाइट फलो गर्ने गर्दा डिप्रेशनको समस्या कम हुन्छ ।
यो स्टडी साइकोसोमेटिक मेडिसिन जर्नलमा प्रकाशित गरिएको थियो । शोधकर्ताहरुको टिमले आज सम्म मानसिक स्वास्थ्यको जाँचको लागि डाइटमा भएको क्लिनीकल ट्रायलमा पाइएको छ कि राम्रो र हेल्दी डाइट लिँदा डिप्रेशनको खतरा कम हुन्छ ।
स्टडीका मुख्य लेखक, जोसेप फर्थको अनुसार, ‘अहिले यस कुरालाई पुरै तरिकाबाट साबित गर्नको लागि अरु पनि स्टडी गर्न बाँकी छ तर हामीले गरेका स्टडीको आधारमा यो भन्न सकिन्छ कि एक हेल्दी डाइट फलो गर्दा मानिसको मूड फ्रेश रहन्छ ।फलो गर्नुहोस् यो हेल्दी डाइट, रहनु हुनेछ तनाव मुक्त!
मानसिक रुपमा स्वस्थ रहनको लागि आफ्नो डाइटमा अधिक न्यूट्रिएंट्स युक्त खानेकुरा शामिल गर्नुहोस् । साथमा जंक फूड र रिफ़ाइन्ड शुगरको सेवनबाट जति टाढा रहनु हुन्छ त्यति नै तपाइँको स्वास्थ्यको लागि लाभदायक हुन्छ ।