धेरै रोगको औषधी भान्टा,यस्ता छन् खानैपर्ने कारणहरु!

बिगुल स्वास्थ्य, काठमाडौँ । प्राय मानिसहरु भिटामिनको श्रोत भन्दै बिभिन्न तरकारी प्रयोग गर्दछन् भने कुनै महत्वपूर्ण तरकारीहरु छुटाएका हुन्छन्, कतिपय मानिसहरु भने रुचि नभएका कारण पनि कतिपय औषधीय गुण भएका तरकारीहरु पनि खाँदैनन् ।

भान्टा खाने बानी गर्नुहुन्छ भने त निकै राम्रो तर यदि खाने बानी गर्नुभएको छैन् भने आजैबाट खाने बानी बसाल्नुहोस्, किनकी भान्टा मानब स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

भान्टा मार्फत आईरनको मात्रा प्रसस्त मात्रामा मात्रामा पाइन्छ ।भान्टाका कारण मुटुरोग बढाउने खराब कोलेस्टेरोल घटाउन मद्त गर्नुका साथै शरीरमा आइरन बढाउमा मद्त गर्दछ । रक्तचाप नियन्त्रणमा सहयोग पूर्याउने भान्टाले शरीरको लागि चाहिने पोटासियम को आपूर्ती पुरा गर्नमा सहयोग गर्दछ ।

यदि तपाईको धुम्रपान गर्ने बानी छ तर यस्तो बानीबाट छुटकारा पाउन चाहनुहुन्छ ? तर पनि सक्नुभएको छैन् भने यस्तो बानीलाई हटाउन चाहनुहुन्छ भने भान्टाले सघाउन सक्छ । भान्टामा हुने मन्द निकोटिनको कारणले तपाईलाई धुम्रपान छुटाउन मद्त गर्न सक्छ ।

भान्टामा पाईने एण्टीअक्सिड का कारण छालाको समस्यावाट छुटकारा दिलाउन सक्छ । पर्याप्त मात्रामा पानीहुने भान्टाको सेवनले क्यालोरीको कमीलाई पूर्ति गर्नुका साथै मोटोपना घटाउन सघाउने काम गर्दछ । 

प्रकाशित : बुधबार, पुष २९, २०७७१७:४७

जाडो मौषममा चमकदार अनुहार र छालाको लागि प्रयोग गर्नुहोस् यी चिज !