माघ महिनाको पहिलो दिन घटेको सुनको मूल्य आज उकालो लाग्यो !

काठमाडौँ – माघ महिनाको पहिलो दिन नै घटेको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। माघ महिनाको पहिलो दिन तोलामा ८ सयले घटेको सुनको मूल्य आज ४ सयले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५ सय कायम भएको छ। यस अगाडी छापावाला सुन बिहिबार ९२ हजार १ सयमा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार कायम भएको छ। यस अगाडी बिहिबार तेजाबी सुन ९१ हजार ६ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैंयाले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ६० कायम भएको छ।

प्रकाशित : शुक्रबार, माघ ०२, २०७७११:२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग