लियोनल मेस्सीले फुटबल इतिहासमा अन्य कुनै पनि फुटबलरले भन्दा बढी ब्यालुन डी ओर अवार्ड जितेका छन्। २०१९ मा लिभरपुलका भर्जिल भानडाइकलाई पछि पार्दै मेस्सीले ब्यालुन डी ओर जितेसँगै उनी आफ्ना चिर-प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो(५) भन्दा १ बढी ब्यालुन डी ओर जित्न सफल भए। उनले कुल ६ पटक उक्त अवार्ड जितिसकेका छन्।
यो अविश्वसनीय रेकर्ड हो ‘ग्रेटेस्ट अफ अल टाइम’ विवादमा महत्वपूर्ण हुन सक्छ जब मेस्सीले आफ्नो खेल जीवनबाट सन्यास लिने घोषणा गर्छन्। विशेषगरी, रोनाल्डो र मेस्सी बीच को उत्कृष्ट भन्ने बहसको लागि।
२०१० ब्यालुन डी ओर
ब्यालोन डी ओर अवार्डमा मेस्सीको प्रभुत्व रहेको युगमा रहेका मानिसलाई थाहा होला कि मेस्सीले जितेका ६ वटा ब्यालोन डी ओर कुनै विवादबिना भने आएनन्। उनको दोस्रो अवार्ड नै सबैभन्दा विवादित रह्यो।
मेस्सीले लगातार दोस्रो वर्ष ब्यालोन डी ओर जितेको १० बर्ष भन्दा बढी भइसकेको छ। उक्त वर्ष मेस्सीको क्लब बार्सिलोनाको लागि पनि उल्लेखनीय वर्ष रह्यो किनकि ब्यालोन डी ओरका तीनै जना उम्मेदवार क्याम्प नाउका थिए: जाभी, आन्द्रेज इनिएस्टा र लियोनल मेस्सी।
‘ब्यालोन डी’ओर चोरी’
अन्त्यमा, दुई स्पेनिश मिडफील्डर जाभी र इनिएस्टा आफ्ना टिममेट लियोनल मेस्सीभन्दा पछि परे। मेस्सीले २२.65 % मतका साथ अवार्ड हात पारे भने इनिएस्टा र जाभीले क्रमशः १७.३६ % र १६.४८ % मत प्राप्त गरे। यो पहिलो वर्ष थियो, ब्यालोन डी ओर र फिफा वर्ल्ड प्लेयर अफ द इयर मर्ज गरियो।
तर धेरैको विचारमा २०१० को ब्यालुन डी ओरका लागि मेस्सी योग्य थिएनन्। उक्त वर्षको बेलन डी ओरलाई त्यहि हप्ता स्पेनी पत्रिका मार्काले आफ्नो वार्षिकोत्सवमा ‘चोरी’ भनेर चिनाएको थियो।
इनिएस्टा
२०१० मा स्पेनलाई विश्वकप विजेता बनाउन प्रमुख भूमिका खेलेका आन्द्रेज इनिएस्टाले त्यस वर्षको ब्यालुन डी ओर जित्ने धेरैको आंकलन थियो। तर मेस्सी उनीभन्दा अगाडी देखा पर्नु नतिजा निकै विवादित रह्यो। फ्रान्स फुटबलले पछि इनिएस्टासँग माफी समेत माग्यो। “हामीलाई माफ गर्नुहोस्, आन्द्रेज,” फ्रान्स फुटबलका सम्पादक पास्कल फेरेले २०१८ मा लेखे।
स्नाइडर
यद्यपि, २०१० को ब्यालुन डी ओर अवार्डलाई बाहिरी दाबी गर्ने इनिएस्टा मात्र एक्लो छैनन्। धेरै समर्थकहरू वेस्ले स्नाइडर पनि उक्त अवार्डको प्रमुख हकदार रहेको बताउँछन्। उक्त वर्ष उनले इन्टर मिलानको साथमा च्याम्पियन्स लिग, कोपा इतालियाका साथै सरी-ए पनि जिते। त्यस्तै, २०१० को विश्वकपमा उनी संयुक्त सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि थिए।