आइसक्रीममा समेत कोरोना भेटियो, अनुसन्धानकर्ताहरु चकित !

एजेन्सी – आइसक्रीमका केहि नमूनामा कोरोना पोजेटिभ देखिएपछि त्यस सम्बन्धमा अनुसन्धान शुरु भएको छ। चीनको टियांजिन नगरपालिकामा आइसक्रीमका तीन नमूनामा कोरोना पोजेटिभ देखिएपश्चात विस्तृत अनुसन्धान शुरु गरिएको हो।

टियांजिन डाकियाओदाओ फूड कम्पनीले उत्पादन गरेको आइक्रीमका नमूनाहरुमा कोरोना पोजेटिभ देखिएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्।

अनुसन्धान शुरु भइसकेपनि उक्त कम्पनीका उत्पादनमा कसरी कोरोना भाइरस देखिए भन्ने बारे थाहा भइसकेको भने छैन। यधपी त्यसबारे आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरुको भनाई छ। अनुसन्धानका क्रममा आइसक्रीम न्यूजील्याण्ड र युक्रेनबाट आयात गरिएको दुग्ध पदार्थबाट बनाइएको खुलेको त्यहाँका अनुसन्धानकर्ताहरुले बताउँछन्।

लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा। स्टीफन ग्रिफिनले स्काई न्यूजलाई भने,”यस्तो हुन सक्छ कि कोरोना भाइरस कुनै व्यक्तिबाट आइक्रीममा आएको हुन सक्छ।”

उत्पादन प्लान्ट तथा फ्याक्ट्रीमा भएको लापरवाहीका कारण त्यस्तो भएको हुन सक्ने उनको अनुमान छ। आइसक्रीममा कोरोना देखिएपनि आत्तिनु पर्ने अवस्था नरहेको उनले बताए।

उक्त घटनापश्चात टियांजिन डाकियाओदाओ फूड कम्पनीका १ हजार ६ सय कामदारलाई क्वारेन्टिनमा राखिएको छ। उनीहरुलाई निगरानीमा राखेर कोरोना परीक्षण भइरहेको छ।

करिब ४ हजार ८ सय ३६ डब्बा कोभिड-दूषित आइसक्रीम उत्पादन भएको हुन सक्ने अनुमान गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। ती आइसक्रीम किन्ने ग्राहकहरुलाई आफ्नो स्वास्थ्य परीक्षण गराउन समेत स्थानीय प्रशासनले आग्रह गरिसकेको छ।

प्रकाशित : शनिबार, माघ ०३, २०७७११:४५

छाती भन्दा बाहिर मुटु भएपनि उच्च छ मनोवल, नजन्मिँदै मर्छिन् भन्ने डाक्टरहरु समेत चकित छन् !