मुटु देखि क्यान्सरसम्म आरुको सेवन फाइदा नै फाइदा!

‘आरु’ नाम नसुन्ने सायदै होलान, यो गर्मीको मौसमा पाइने एक महत्वपुर्ण फल हो। आरुको उत्पादन सर्पप्रथम दक्षिण एसिया र चीनमा गरिएको थियो, तर अहिले भने यो सारा विश्वभरि नै उत्पादन गर्ने गरिन्छ। यसको सेवन स्वास्थ्यका लागि पनि प्रभावकारी छ ।  आरु स्वादिष्ट र रसिलो फल हो । आज हामी आरु खानुका फाइदाहरुका बारेमा कुरा गर्दैछौ:

आखिरमा के के छन त आरु खानुका फाइदाहरु ?

१. मृगौलाका समस्या भएकाहरुका लागि:

आरुमा अत्यधिक मात्रामा पोटासियम पाइन्छ जुन मृगौलाका लागि लाभदायक हुन्छ । यसका साथमा आरुले युरिनरी ब्लेडरलाई सफा राख्न समेत सहयोग पुर्याउछ।  आरुको सेवनले किड्नीमा स्टोन भएकाहरुका लागि समेत फाइदा  दिन्छ।

२. आँखाको लागि फाइदाजनक:  

आरुमा पाइने भिटा केरोटिनले भिटामिन ए को काम गर्दछ।  भिटामिन ए ले आँखाको रेटिना स्वस्थ राख्न मदत गर्दछ। त्यसैले यसको सेवन अति नै लाभदायक छ।

३. क्यान्सरबाट बचाउछ: 

आरुमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले क्यान्सरबाट बचाउन मदत गर्दछ। एक अध्ययनका अनुसार आरुले किमोथेरापिको साईड इफेक्टबाट समेत बचाउछ। आरुले ‘यौगिक फेनोलिक ब्रेस्ट क्यान्सरको कोशिकाहरुलाई अनावश्यक रुपमा फैलनबाट रोक्न मदत गर्छ।

४. मुटुका लागि लाभदायक:

आरुमा हुने पोषक तत्वले मुटु र सर्कुलेटरी सिस्टमको मजबुत बनाउन सहयोग गर्दछ।  आरुमा पाईने भिटामिन के ले ब्लड क्लोटिंग को रोक्न र आइरनले एनिमिया हुने समस्याको रोकथाम गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१२:४०

चिसो मौसममा घिउको प्रयोगले यसरी पाउनुहोस् कोमल र मुलायम छाला!