शुरु भइसक्यो पञ्चक, माघ ७ गते सम्म यी कार्य नगरेकै राम्रो !

काठमाडौँ – हिन्दू धर्ममा कुनै पनि शुभ काम शुरु गर्नुभन्दा पहिले मुहूर्त हेरिने गरिन्छ। मुहूर्त नहेरिकन कामको शुरुवात गर्नाले मनचाहे फल प्राप्त नहुने बिश्वास रहेको छ।

शुक्रबार माघ २ गते साँझ ५ बजेर २१ मिनेट पश्चात पञ्चक शुरु भएको छ। जुन माघ ७ गते १२ बजेर ५१ मिनेट शुक्रबारसम्म रहने छ। शास्त्र अनुसार पञ्चकलाई अशुभ मानिन्छ। पञ्चक धेरै थरिको हुने गर्दछ। यस पटक शुक्रबारको दिन परेको कारण यसलाई चोर पञ्चक भनिएको छ ।

ज्योतिष शास्त्र अनुसार पञ्चक ५ बिशेष नक्षत्रमा लाग्ने गर्दछ जो धनिष्ठा, शतभिषा, उत्तरा भाद्रपद, पूर्वा भाद्रपद र रेवती नक्षत्रमा पर्दछ। जसमा कुनैपनि शुभ काम गर्नको लागी मनाही गरिएको छ। ज्योतिषको अनुसार पञ्चक पनि अलग-अलग प्रकारको हुने गर्दछ।

यदि पञ्चकको प्रारम्भ आइतबारबाट हुन्छ भने त्यसलाई रोग पञ्चक भनिन्छ। साथै सोमवारबाट शुरू भएको पञ्चकलाई राज पञ्चक भनिन्छ। जुन पञ्चक मंगलवारबाट शुरू हुन्छ त्यसलाई अग्नि पञ्चक भनिन्छ। यस क्रममा आगो लाग्ने सम्भावना बढेर जाने गर्दछ। यस समयमा औजारको खरीद, निर्माण या मशीनरीको कार्य गर्नु हुदैन। यसको अलावा मृ-त्यु पञ्चक र चोर पञ्चक हुने गर्दछ। मृ-त्यु पञ्चक शनिवार र चोर पञ्चक शुक्रवार हुने गर्दछ। दुवै निकै घातक र अशुभ पञ्चक मानिन्छन्।

पञ्चकमा यी ५ काम नगर्दा राम्रो-

– पञ्चकमा खाट बनाउनु राम्रो मानिदैन। यस्तो गर्नाले कुनै ठुलो संकट आउन सक्छ।
– पञ्चकको समयमा जुन समय घनिष्ठा नक्षत्र हुन्छ त्यस समयमा घास, दाउरा आदि जल्ने वस्तु बटुल्न हुदैन। यसबाट आगो लाग्ने भय रहन्छ।
– पञ्चकको समयमा दक्षिण दिशामा यात्रा गर्नुहुदैन किनकी दक्षिण दिशालाई यमको दिशा मानिएको छ।
– पञ्चकको समयमा जब रेवती नक्षत्र चलिरहेको हुन्छ, त्यस समयमा घरको छत बनाउन हुदैन।
– पञ्चकमा शवको अंतिम संस्कार गर्नुभन्दा पहिले कुनै योग्य पण्डितको सलाह अवश्य लिनु पर्दछ। यदि यस्तो भएन भने शवको साथमा ५ आटाँ या कुशले पुत्ला बनाएर अर्थीमा राख्नु पर्दछ।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१२:४६

भोलि माघ ४ गते बृहस्पति हुनेछ अस्त, यी ४ राशिमा पर्नेछ यस्तो प्रभाव!