प्रभु साहको प्रचण्ड माथि कडा प्रहार – ‘देशलाई प्रचण्डमुक्त गरिनुपर्छ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली खेमाका नेता तथा विकास मन्त्री प्रभु साहले देशलाई प्रचण्डमुक्त गरिनुपर्ने बताएका छन्। प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुने बताएका हुन्।

प्रचण्डको साथ छाडेर ओली पक्षमा लागेका साहले पुष्पकमल दाहाल प्रचण्डबाट कम्युनिस्ट आन्दोलन र मुलुको समृद्धिमा बाधा खडा भएको आरोप लगाए।

प्रचण्डले आफ्नो स्वार्थका लागि आन्दोलन बेच्ने गरेको उनको आरोप छ। आफ्नो स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै-बेच्दै हालको अवस्था सम्म आइपुगेका प्रचण्डले कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त पार्न तिर लागेको आरोप साहले लगाए।

“नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ । कम्युनिस्ट आन्दोलन अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो । यहाँसम्मकी कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नुभयो ।”,साहले भने।

कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र प्रचण्डमुक्त नेपालको निर्माण गर्न जरुरी रहेको उनले दावी गरे।

साहले थप भने,”कम्युनिस्ट आन्दोलनलाई सफल गर्न र मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ । देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ ।”

कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्छ भनेर कार्यकर्ताले आशा गरेको भएपनि केहि नेताहरुका कारण त्यो पूरा हुन नसकेको पनि साहले बताएका छन्। पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत बहुमत-अल्पमतको खेल खेल्न खोजिएको उनको बुझाई छ।

“पार्टी एकताका बेला सहमतिको बाटोबाट जाने सहमति भए पनि केही नेताको व्यक्तिगत महत्वकांक्षका कारण आफैले बनाएको विधि विधान विपरीत अध्यक्ष ह-त्या-उने काम मात्र भएन । आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने अस्थिरता पैदा गराउने प्रयास भयो । यस्ता हर्कतले अहिलेको अवस्था सिर्जना भएको हो ।”,उनले भने।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१६:०७

“मैले हँसाएँ भनेर किन पीर ? मान्छे मारेको छैन, लुटपाट गरेको छैन”