यस्ता पाँच बानीले तपाईंको जीवन नै सत्यानाश गर्न सक्छ, आजैबाट छोड्दिनुहोस् !

आचार्य चाणक्य एक कुशल र योग्य रणनीतिकार थिए। उनलाई कौटिल्य र विष्णु गुप्ता भनेर पनि चिनिन्थ्यो। व्यक्ति र समाजको हितको लागि उनले नीति पुस्तक चाणक्य नीति शास्त्र लेखेका थिए। चाणक्य नीतिका अनुसार मानिसका केहि खराब बानीहरूले उसलाई नष्ट गर्न सक्छ। आचार्य चाणक्यका अनुसार यी बानीहरू तुरुन्तै त्याग्न आवश्यक छ।

छल कपट 

चाणक्यका अनुसार धोखा वा खराब कामबाट पैसा कमाउने मानिससँग लामो समयसम्म पैसा टिक्दैन। त्यस्ता व्यक्तिहरूलाई धेरै समस्याहरूले घेरेको हुन्छ जसको कारणले उनीहरूको पैसा बर्बाद भएर जान्छ।

बिहान ढिलासम्म सुत्नु 

जो मानिस बिहान ढिलोसम्म सुत्छन् त्यस्ता मानिस माथि कहिले पनि माता लक्ष्मीको कृपा रहँदैन। जो मानिस सूर्योदय भन्दा पनि पछि सम्म सुत्छ उसले सधैं गरीबीको सामना गर्छ।

धेरै खानु 

आवश्यकता भन्दा धेरै खाने मानिस छिट्टै गरिब हुन्छ। किनभने आवश्यक भन्दा बढी खानाले व्यक्तिलाई गरीबीतर्फ धकेल्छ। त्यस्तै, यस्ता व्यक्ति कहिल्यै स्वस्थ हुँदैनन्।

असंयम वाणी

जो मानिस आफ्नो बोलीमा संयम राख्दैनन् वा कठोर बोली बोल्छन्, लक्ष्मी जी उनीहरूसँग कहिले पनि प्रशन्न हुनुहुन्न। किनकि अरु व्यक्तिको मनमा चोट पुर्‍याउने मानिसहरूसँग लक्ष्मी जी कहिले पनि खुसी हुँदैनन्। त्यस्ता व्यक्तिहरूलाई गरिबीले सताउँछ।

सरसफाई नगर्ने 

आचार्य चाणक्यका अनुसार जो मानिस आफ्नो वरपर सफा राख्दैनन् र फोहोर लुगा लगाउँछन् उनीहरुसँग लक्ष्मी माता कहिल्यै पनि खुसी हुँदैनन्। यस्ता व्यक्तिहरूले समाजमा मान-सम्मान पनि पाउँदैनन्।

प्रकाशित : सोमबार, माघ ०५, २०७७१९:१३

जब जंगल सफारीमा हिडेको कारलाई बाघले पछाडी तान्यो, भाइरल भयो भिडियो [भिडियो सहित]