“केपी ओली नेतृत्व पार्टीले बहुमत पाउँछ”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली खेमाका महासचिव विष्णु पौडेलले आगामी चुनावमा आफूहरुको पार्टी पहिलो बन्ने दावी गरेका छन्।

बिहीबार प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका पौडेलले ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने दावी गरे।

पौडेलले निर्वाचन भएरै छाड्ने दावी पनि गरेका छन्। निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको भन्दै उनले निर्वाचन भएरै छाड्ने बताए। निर्वाचन गर्नका लागि सरकार बजेट व्यवस्था गर्न समेत तयार रहेको उनले सुनाए।

“दलहरु निर्वाचनमा जान तयार छन्, निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउनका निम्ति तयार छ, सुरक्षा निकाय सुरक्षा प्रदान गर्न तयार छन्। सरकारले निर्वाचनका दलागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार छ भने निर्वाचन हुँदैन कसरी?, निर्वाचन रोक्छ कसले?”,जसरी पनि निर्वाचन हुने दावी गर्दै उनले भने।

वैशाख १७ र २९ गते निर्वाचन हुने र ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्था निर्माण हुने उनको भनाई छ। निर्वाचनबाट पहिलो पार्टीको रुपमा अगाडी आएर देशलाई अगाडी बढाउने जिकिर उनले गरे।

“आगामी वैशाखको १७ र २७ गते निर्वाचन भएरै छाड्छ, हामी ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्थाको निर्माण गरेर छाड्छौँ। मुलुकलाई अगाडि लैजान्छौँ।”,उनले भने।

यस्तै पौडेलले केहि व्यक्तिहरुले निर्वाचनको सम्भावित परिणामबाट तर्सिएर निर्वाचन रोक्ने प्रयास गरेको पनि आरोप लगाएका छन्। नेकपा प्रचण्ड-नेपाल खेमाले संसद विघटनको चर्को विरोध गरिरहेको प्रति सङ्केत गर्दै पौडेलले जनताले दिएको फैसला र निर्णयलाई मन्जुर गरेर अगाडि बढ्ने आँट गर्न सुझाव समेत दिए।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१४:०९

इजरायलको विशिष्ट श्रम बजार नेपालीका लागि खुला !