देशभर ठुलो हुरी चल्यो ! शक्तिशाली चक्रवात नेपाल भित्रिने खतरा के छ ?

काठमाडौं,  बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपाल भित्रिने संभावना बढेको छ ।

चक्रवात ‘फानी’ का कारण आउँदो शुक्रबारपछि पूर्वी नेपालका केही स्थानमा हावाहुरी आउन सक्ने सम्भावना रहेको छ ।  चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि नेपालको पूर्वी र मध्य हिमाली भूभागमा भारी हिमपात तथा प्रिमनसुन भएकोले पूर्वी र मध्यका स्थानहरुमा हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

बैशाख १८ गते (बुधबार):

राति: देशको पश्चिमी भु-भाग लगायात मध्य र पुर्वका पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्बी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ |

बैशाख १९ गते (विहिबार):

दिउँसोः देशको पश्चिमी भु-भाग लगायात मध्य र पुर्वका पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्बी पहाडी भु-भागका केहि स्थानमा र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ |

राति: देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ |

बैशाख २० गते (शुक्रबार):

दिउँसोः देशभरि आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ |

राति: देशभरि सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |

प्रकाशित : बुधबार, बैशाख १८, २०७६१३:२५

राज्यकोष दुरुपयोगमा महरालाई तिमिल्सिनाले पछि पारे !