मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिवार र कार्य क्षेत्रमा समझौतापूर्ण व्यवहारलाई टाल्नुहेछ। बोलिमा नियन्त्रण नगर्नाले कसैसँग झगडा वा वादविवाद हुनेछ। स्त्री वर्गबाट लाभ मिल्नेछ। मनको उदासीले तपाईमा नकारात्मक विचार ल्याउनेछ। अत्यधिक धन खर्च हुनेछ। खान-पानमा ध्यान दिनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विचारको दृढ़ताको साथसाथै सावधानीपूर्वक काम गर्नुहुनेछ। व्यवस्थित रूपले आर्थिक विषय आयोजन गर्नुहुनेछ। वस्त्र, आभूषण, सौन्दर्य , प्रसाधन र मनोरंजनमा खर्च हुनेछ। कुटुम्बिक सुख -शान्ति बनिरहनेछ। उत्तम दाम्पत्यजीवनको अनुभूति गर्नुहुनेछ। धन लाभको आशा राख्नुहुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बोलि वा व्यवहारले कसैसँग गलत धारणा हुनेछ। कुटुम्ब तथा आफन्तसँग सम्हालेर बस्नुहोला। बिरामी वा दुर्घटनाको योग हुनाले सम्बन्धमा सावधान रहनुहोला। खर्चको मात्रा बढ्नेछ। विशेष रूपले मोज-शोक तथा मनोरंजनमा खर्च हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आर्थिक आयोजन र नयाँ कार्यको सुरुवात गर्नको लागि उत्तम दिन रहेको छ। व्यपार-धन्दामा लाभ हुनेछ। पेसामा पदोन्नति र आय स्रोतमा वृद्दि हुनेछ। मित्र, पत्नी, पुत्र आदिको तर्फबाट शुभ समाचार मिल्नेछ। मांगलिक कार्य हुनेछ । प्रवास तथा वैवाहिक योग हुनेछ। प्रणयको लागि अनुकुल दिन रहेको छ। उत्तम वैवाहिक सुखको आनन्द उठाउनुहुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पेसा तथा व्यवसायको क्षेत्रमा लाभदायक र सफल दिन रहेको छ। तपाईको कार्यक्षेत्रमा तपाई वर्चस्व र प्रभाव जमाउन सक्नुहुनेछ। भरपूर आत्मविश्वास र दृढ़ मनोबलले कार्य सरलतापूर्वक पूरा हुनेछ । उच्च पदाधिकारीद्वारा कामको कदर हुनेछ। पदोन्नतिको सम्भावना रहेको छ। कला क्षेत्रमा प्रतिभा प्रदर्शनको लागि उत्तम समय रहेको छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन धार्मिक प्रवृत्तिमा व्यतीत हुनेछ। कुनै तीर्थ स्थानमा जाने कुरा संयोग हुनेछ। विदेश जाने अवसर निर्मित हुनेछ। भाई- बन्धुबत लाभ हुनेछ। अफिसमा उच्च पदाधिकारीबाट सम्हालेर रहनुहोला। आर्थिक लाभ मिल्नेछ। शारीरिक मानसिक स्वस्थता बनिरहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आकस्मिक धन लाभ हुनेछ। आध्यात्मिक प्रवृत्ति तथा सिद्धि प्राप्त गर्नको लागी उत्तम दिन रहेको छ। नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोला। जलाशय र स्त्री वर्गबाट सचेत रहनुहोला। ईश्वरभक्ति ऱ गाहिरो चिन्तन शक्तिले मनलाई शान्ति राख्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दैनिक घटना चक्रको प्रवृत्तिमा परिवर्तन आउनेछ। मोज-मस्ती र मनोरंजनको दुनियामा घुम्ने मुडमा रहनुहुनेछ। मित्र वा कुटुम्बसँग मिल्नुहुनेछ। सार्वजनिक जीवनमा मान- प्रतिष्ठा बढ्नेछ। दाम्पत्यजीवनको उत्तम क्षणको अनुभव गर्नुहुनेछ। प्रिय व्यक्तिसँग भेट र धन लाभ हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पेसा गर्नेको लागि शुभ दिन रहेको छ । आर्थिक लाभ हुनेछ। घरमा आनन्दको वातावरण रहनेछ। कार्यमा सफलता र यश प्राप्ति हुनेछ । विरोधी र हितशत्रु आफ्नो चालमा सफल हुनेछैनन्। स्त्री मित्रसँग भेट हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कला तथा साहित्यको क्षेत्रमा रुचि राख्ने व्यक्ति आफ्नो कार्यक्षेत्रमा विशेष योगदान दिनुहुनेछ। आफ्नो रचनात्मक र सिर्जनात्मक शक्तिको परिचय गराउनु हुनेछ। प्रेमी परस्परमा धनिष्ठता अनुभव गर्नुहुनेछ। शेयर- सट्टाबाट लाभ हुनेछ। सन्तानको प्रश्न हल हुनेछ। मित्रबाट लाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
स्वभावमा भावुकता अधिक हुनाले मानसिक बेचैनी रहनेछ। आर्थिक विषयको आयोजन हुनेछ। माताको तर्फबाट अधिक प्रेम र भावनाको अनुभव हुनेछ। विद्यार्थीको पढ़ाईमा सफलता मिल्नेछ। सार्वजनिक रूपमा मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कार्यमा सफलता पाउनको लागि र महत्त्वपूर्ण निर्णय लिनको लागी दिन उत्तम रहेको छ। तपाईको विचारमा स्थिरता रहनेछ। कलाकारले आफ्नो कला प्रदशन गर्ने मौका मिल्नेछ। जीवनसाथीसँग अधिक निकटता अनुभव गर्नुहुनेछ। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछ ।