यस्ता देखिए तक्लु ज्लाटान इब्राहिमोभिक

एसी मिलान स्टार ज्लाटान इब्राहिमोभिकले इन्स्टाग्राममा आफू तक्लु भएको फोटो पोस्ट गरेसँगै विश्वभर रहेका सबै फुटबल फ्यान्स छक्क परेका छन्। इब्राले प्राय: आफ्नो करियरमा लामो कपाल राख्ने गरेका छन्।

तर एसी मिलान फरवार्डले आइतबार दिउँसो सामाजिक सञ्जालमा आफ्नो प्रशिक्षणको एक तस्वीर साझा गरे। फोटोमा इब्राले आफ्नो सबै कपाल काटेको देख्न सकिन्छ। उनले उक्त पोस्ट गर्दै क्याप्सनमा लेखे,”अल इन।” उसको टाउको पछाडि छायाँ छ, जुन सम्भवतः उनको पोनीटेलको बन हो जसलाई इडिट गरिएको हो जस्तो देखिन्छ।

ज्लाटानको उक्त पोस्टले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ। थुप्रै मानिसले ट्विट गर्दै यसमा प्रतिक्रिया पनि जनाएका छन्।

 

प्रकाशित : सोमबार, माघ १२, २०७७१७:०३

“मेस्सी बिना नै बार्सिलोना उत्कृष्ट”