एक महिलाले एक पोर्टलमा आफ्ना सासु-ससुरा रिसाउनुको कारण बताएकी छिन्। यो कारण थाहा पाएर तपाई पनि अचम्मित हुनुहुनेछ। महिलाले लेखेकी छिन् कि मेरा सासु-ससुरा दुवै एकदमै राम्रा छन् तर सामाजिक सञ्जालमा मप्रति उहाँहरुको रवैया अत्यन्तै अनौठो थियो ।
महिलाले लेखेकी छिन् – ‘मेरा सासु-ससुरा फेसबुकमा मेरो फ्रेन्डलिस्टमा थिए र मेरा हरेक पोस्टमा कमेन्ट गर्थे। यदि मैले आफ्ना बच्चाका फोटोहरु हाले भने उहाँहरुले अत्यन्तै तारिफ गर्नुहुन्थ्यो तर जब मैले साथीसँगको आफ्नो फोटो पोस्ट गर्थे तब उहाँहरुले मलाई लज्जित बनाउनेखाले कमेन्ट गर्नुहुन्थ्यो ।’
महिलाले लेखेकी छिन् – ‘म अहिले ४० वर्षकी पनि भएकी छैन र ६८ सालको उमेरसम्म म जे मन लागे त्यहीँ लगाउन सक्छु तर मेरा सासु-ससुरा प्राय: मेरो फोटोमा भद्दा कमेन्ट गर्नुहुन्थ्यो। मेरो एक फोटोमा मेरा ससुराबाले लेख्नुभयो कि मलाई आशा छ कि तिम्रा बच्चा तिमीलाई यस हालतमा देख्न चाहनेछैनन्। उहाँ यो भन्न चाहनुहुन्थ्यो कि त्यस फोटोमा म नशामा थिई।’
महिलाले पछिल्लो समय आफ्नो पोस्टमा सासु-ससुराको अनौठो कमेन्टसबाट दिक्क भई उनीहरुलाई फेसबुकबाट अनफ्रेन्ड गरिन्। यहीँ कारण सासु-ससुरा उनीदेखि रिसाउनुभयो ।
‘मेरी सासुले मलाई मेसेज गरी सोध्नुभयो कि मैले उहाँहरुलाई किन अनफ्रेन्ड गरे। मैले उहाँलाई फोनमा साफ-साफ बताए कि मलाई तपाईहरुका केही कमेन्टस अत्यन्तै आपत्तिजनक लाग्यो र म आफ्नो सामाजिक सञ्जाल अकाउन्ट आफ्नो केही साथीहरुबीच मात्र सीमित राख्न चाहन्छु। सासुआमाले यो कुरा ससुरबालाई बताउनुभयो र त्यसपछि दुवैजना म सँग बोल्न छोड्नुभयो।’ महिलाले लेखेकी छिन्।
महिलाले लेखेकी छिन् कि मेरा पतिले मेरो पक्ष लिँदै आफ्ना मातापितालाई सम्झाउने कोशिश गरे र भने कि उनले उहाँहरुलाई अनफ्रेन्ड गरेकोमा केही गर्न सक्ने छैनन् किनकी सामान्यतया: मेरा उमेरका महिलाका सोशल मिडिया फ्रेन्ड्समा तिनका सासु-ससुरा हुँदैनन्। मैले बस् विनम्रता देखाउँदै एड गरेकी थिई।
महिलाले लेखेकी छिन्- ‘उहाँहरु टिनएजर्स जस्तो व्यवहार गरिरहनुभएको छ। मलाई पनि पहिले धेरैजनाले अनफ्रेन्ड गरेका छन् तर मलाई केही फरक पर्दैनथ्यो। उहाँहरुको हर्कत एकदम बच्चाको जस्तो छ। उहाँहरु अहिले मेरो घरमा पनि आउनुहुन्न। मेरा पति बच्चालाई उहाँहरुको घरमा जानुहुन्छ तर मलाई बोलाइदैन। यद्यपि मलाई यसको पर्वाह लाग्दैन तर हास्यास्पद भने जरुर लाग्छ।’
महिला भन्छिन् कि अब मेरा सासु-ससुरा तब नर्मल हुनेछन् जब मैले उहाँहरुलाई आफ्नो फ्रेन्डलिस्टमा सामेल गर्छु तर म यो किन गरूँ ? महिलाले लेखेकी छिन् – ‘मलाई लाग्छ कि ७० वर्षको उमेरमा मानिसले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता गर्नुपर्छ न कि आफ्नी बुहारीको सामाजिक सञ्जालको पेज बारेमा।’
‘मेरो बच्चाले एक दिन मलाई सोध्यो कि उसको हजुरआमा-हजुरबा मसँग किन कुरा गर्दैनन्। पहिले मैले सोचे कि यसको केही अर्कै कारण बताउँ तर फेरी मलाई लाग्यो कि सत्य बताउनु नै राम्रो हुनेछ। मैले उसलाई बताए कि उसको हजुरआमा-हजुरबा यसकारण दुखी छन् किनकी अहिले उहाँहरुले मेरो फेसबुक पोस्ट देख्न पाउनुहुन्न। मेरो १० वर्षको छोराले समेत यो त एकदम अनौठो कुरा भएको बतायो।’
महिलाले लेखेकी छिन्, ‘म आशा राख्छु कि उहाँहरुले यसप्रकारको बचपना हर्कत छोड्नुहुनेछ। मलाई लाग्छ कि यो मामिला म आफैँ अघि सरेर सुल्झाउनुपर्नेछ। म उहाँहरुलाई फेसबुकमा एड त गर्दिन तैपनि फोनमा कुरा गरेर राम्रोसँग सम्झाउने कोसिस गर्नेछु कि हामी सामाजिक सञ्जालमा किन फ्रेन्ड हुनुहुन्न।’
महिलाले अन्त्यमा लेखेकी छिन् – ‘मैले सोचेको छु कि उहाँहरुलाई आफ्नो दोस्रो फेसबुक अकाउन्टको फ्रेन्ड लिस्टमा एड गर्नेछु किनकी त्यो अकाउन्ट म एकदम कम चलाउँछु। र शायद यसैको कारण उहाँहरु फेरी एकपटक खुशी हुनुहुनेछ। म बस् यति चाहन्छु कि उहाँहरुले यसप्रकारको बचपना हर्कत बन्द गर्नुहुनेछ।’