लगातार ३ दिन घटेको सुनको मूल्य आज भने बढ्यो, कति ?

लगातार ३ दिन ओरालो लागेको सुनको भाउमा आज मंगलबार भने वृद्धि भएको छ। माघ महिना लागेसँगै घटबढ हुँदै आएको सुन मंगलबार तोलामा ४ सय रुपैयाँले बढेको हो।

आइताबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज भने ४ सय रुपैयाँले वृद्धि भइ प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। जससँगै तेजाबी सुनको मूल्य ९२ हजार ३ सय कायम भएको छ। यस अगाडी तेजाबी सुन बुधबार ९१ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै मंगलबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। सोमबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ५ रुपैंयाले घटेर १ हजार २ सय ५५ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७११:२४

नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो निफ्राको शेयर यहि हप्ता बाँडफाँट हुने !