“मेस्सी बिना नै बार्सिलोना उत्कृष्ट”

ह्युगो ओर्लान्डो गाट्टी बार्सिलोनाका कप्तान लियोनल मेस्सीको आलोचक रहेको कुरा कुनै नौलो हैन। त्यसैले, यसमा कुनै छक्कलाग्दो कुरा छैन कि उनले मेस्सी बिनाको बार्सिलोनाको प्रदर्शनको प्रशंसा गरेका छन्। उनले मेस्सी बिना बार्सिलोनाले धेरै खेल जित्ने र धेरै पक्षमा मजबूत हुने बताएका छन्।

स्पेनिश सुपर कपमा एल्थ्लेटिक बिल्बवोसँगको फाइनल खेलमा रातो कार्ड पाएका मेस्सी आइतबार एल्चेसँगको खेलका लागि प्रतिबन्धित थिए। उक्त खेलमा बार्सिलोना २-० गोलले विजयी भयो। बार्सिलोनाका लागि फ्रान्की डी जोंग र रिकी पुजले १-१ गोल गरे।

उक्त खेलपछि गाट्टीले बार्सिलोनाले सधैं मेस्सी बिना राम्रो खेल खेल्ने र जित्ने गरेको टिप्पणी गरे। “हरेक पटक मेस्सी न खेल्दा बार्सिलोनाले जित्ने गर्छ किनकि मेस्सीबिना बार्सिलोना धेरै पक्षमा मजबूत हुन्छ,” गाट्टीले एल चिरिंग्युटोलाई भने। “फुटबलमा जित्नु नै सबै कुरा हो। राम्रो खेल खेल्न सके अझै राम्रो।”

“हरेक पटक जब मेस्सी खेल्दैनन्, बार्सिलोनाले जित्छ,” उनले भने।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१२:१९

“मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट गोल स्कोरर भन्ने कुरा भ्रम हो” [तथ्यांक सहित]