जाडो मौसममा ‘माउन्ट कटू’ आरोहण गरेर किर्तिमान बनाएकालाई प्रधानमन्त्रीद्वारा सम्मान !

विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मान गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त कटू हिमाल आरोहण गरेर दुर्लभ कीर्तिमान कायम गरेका थिए।

बालुवाटारमा भएको विशेष कार्यक्रममा आरोही टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरे। आरोहण गर्ने टोलीमा निर्मल पुर्जा सहित मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, दावा शेर्पा, ग्याल्जेन शेर्पा, मिङमा जी, पेमा चिरी शेर्पा, किलु शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा छन्।

आरोहण टोलीलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाद्वारा पनि भव्य स्वागत तथा सम्मान गरिएको छ।

प्रकाशित : मङ्गलबार, माघ १३, २०७७१६:२५

निर्वाचन आयोगले ओली र प्रचण्ड–नेपाललाई पठायो ११ पानाको अस्वीकार पत्र [पत्र सहित]