कुनै पनि परिवारमा बच्चाको जन्मले खुसीयाली लिएर आउँछ। यद्यपि विभिन्न परिवारमा यस विशेष अवसरलाई मनाउने विभिन्न तरिका हुन्छन्। विश्वभर विभिन्न समुदायमा बच्चाको जन्म हुँदा विभिन्न अनौठा विधिहरू हुन्छन्। यस्ता अनौठा विधि विकसित देशहरुमा छन्। त्यहाँ मान्यता रहन्छ कि यस्ता विधि अपनाउँदा बच्चालाई सबै समस्याहरूबाट बचाउन सकिन्छ। जान्नुहोस् यस्ता अनौठा विधि अपनाउने देशका बारेमा…..
जापान
जापानमा नवजात शिशुको गर्भनाल अत्यन्त महत्त्वपूर्ण हुन्छ। यस देशमा एउटा विश्वास छ कि गर्भनाल एक आमासँग सम्बन्धित प्रतीक हो। यस्तो अवस्थामा, यसको सम्मान गरिनु पर्छ। यस कारणले, बच्चाको जन्मपछि गर्भनाल फ्याकिदैन, तर बक्सहरूमा राखिन्छ। जापानीमा यसलाई हेसो-नो-ओ भनिन्छ।
नाइजेरिया र घाना
नाइजेरिया र घानामा बच्चासँग जोडिएको आमाको गर्भनालको लागि शोक गर्ने प्रथा रहेको छ। अफ्रिकी देशहरूमा प्लेसेंटा अथवा गर्भनाललाई बच्चाको जुम्ल्याहा भाई वा बहिनी मानिन्छ र पूर्ण विधीका साथ गाडिन्छ।
इन्डोनेसिया
इन्डोनेसियाली टापु बालीमा पनि बच्चा जन्मँदा एकदमै अनौंठो रीतिथिति निभाउने चलन छ। यस विधी अनुसार बच्चालाई पहिलो ३ महिनासम्म भुइँमा छुनु हुँदैन र कुनै पनि हिसाबले जमीनको सम्पर्कमा आउँनु पनि हुँदैन। यस्तो अवस्थामा आमाले बच्चालाई पूरा समय काखमा वा ओछ्यानमा राख्छन्।
चीन
चीनमा बच्चाको जन्मपछि बच्चा जन्माउने आमा पूरा ३० दिन परिवारबाट टाढा बस्नुपर्छ। यी ३० दिनसम्म नयाँ आमा न त घरबाट निस्कन सक्छिन् न काँचो फलहरू खान सक्छिन्। यो मात्र होइन, आमालाई नुहाउन पनि निषेध गरिन्छ। चिनियाँ भाषामा यस महिनालाई जुओ युएजी भनिन्छ।